+

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

२०८३ जेठ  १ गते ०:१३ २०८३ जेठ १ गते ०:१३
ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई स्पोर्ट्स संघ नेपालले असार ५ गते तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
  • प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधा समावेश हुने ईशानले जनाएको छ।
  • प्रतियोगितामा ५ हजारभन्दा बढी खेलाडी र टिम सहभागी हुने ईशानले जनाएको छ।

३१ वैशाख, काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ ।
संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने घोषणा गरेको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधा समावेश हुने ईशानले जनाएको छ ।

प्रतियोगिताका छनोट खेलहरु अनलाईन र फाइनल खेल ल्यान ईभेन्टको रुपमा सञ्चालन गरिने प्रतियोगिताका संयोजक प्रकाश घर्तिले जानकारी दिए । प्रतियोगिता अन्तर्गत ई फुटबलमा ब्यक्तिगत तथा फ्रि फायर र पब्जी मोबाईलमा टिमको रुपमा समावेश हुन सकिने बोर्ड सदस्य समेत रहेका संयोजक घर्तिले बताए ।

प्रतियोगिता खेल्न ईच्छुक खेलाडी तथा टिमले ईशानको वेबसाईटमा गएर दर्ता हुन सक्नेछन् । तेस्रो संस्करणको प्रतियोगितामा खेलाडी र टिम गरी ५ हजार बढी सहभागी हुने ई स्पोर्ट्स संघ ईशानले जनाएको छ ।

ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय