News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी प्रशासनले विश्वकपमा छनोट भएका अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकलाई भिसासँग जोडिएको धरौटी रकम तिर्न नपर्ने छुट दिएको छ।
- यसअघि ५० देशका यात्रुलाई ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तिर्नुपर्ने नियम लागू थियो, जुन विश्वकपका केही खेलाडी र अफिसियललाई पहिले नै छुट दिइएको थियो।
- अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजना हुने विश्वकप जुन ११ बाट सुरु हुँदैछ र अमेरिकी प्रशासनले यो निर्णयले समर्थकलाई यात्रा गर्न सहज हुने विश्वास गरेको छ।
३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वकपमा छनोट भएका देशका समर्थकलाई राहत दिएको छ । अब विश्वकपको टिकट खरिद गरेका केही विदेशी समर्थकले अमेरिकामा प्रवेश गर्न भिसासँग जोडिएको धरौटी रकम तिर्नुपर्ने छैन ।
यसअघि अमेरिकाले भिसा अवधि नाघेर बस्ने जोखिम बढी भएका देशका नागरिकका लागि ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्म धरौटी तिर्नुपर्ने नियम लागू गरेको थियो ।
यो नियम ५० देशका यात्रुमा लागू भए पनि तीमध्ये विश्वकपमा छनोट भएका अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकलाई अब छुट दिइएको हो ।
फिफाबाट टिकट खरिद गरेका यी देशका नागरिकले धरौटी तिर्नु नपर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यसअघि नै विश्वकपमा सहभागी खेलाडी, प्रशिक्षक र केही अफिसियललाई यो नियमबाट छुट दिइएको थियो ।
अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने विश्वकप जुन ११ बाट सुरु हुँदैछ । अमेरिकी प्रशासनले यो निर्णयले विश्वकप हेर्न आउने समर्थकलाई यात्रा गर्न सहज हुने विश्वास गरेको छ ।
-एपीबाट
प्रतिक्रिया 4