+
+

किन एउटा सर्पले एकजनालाई ७ पटक डस्यो, के सर्पमा स्मरणशक्ति हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १६:२०

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित फतेहपूरमा एकजना व्यक्तिलाई एउटै सर्पले ७ पटक डसेको छ । स्थानीय विकास दुबे नामक व्यक्तिले आफूलाई एउटा सर्पले ४० दिनभित्रमा ७ पटक डसेको दाबी गरेका छन् ।

उनको अस्पतालमा उपचार भइरहेको छ । र, यो घटनाले एउटा प्रश्न उब्जाएको छ कि के कुनै मानिसलाई एउटै सर्पले खोजी खोजी पटक पटक डस्न सम्भव छ ? के सर्पमा यतिधेरै स्मरण शक्ति हुन्छ कि उसले कुनै व्यक्तिलाई सम्झीसम्झी डसोस्?

स्थानीय सौरा गाउँका बासिन्दा विकास खेतबारीमा काम गर्दछन्। त्यस ठाउँमा उर्बर जमीन हुनुका साथै आसपासमा जंगल पनि रहेको छ । जसका कारण त्यहाँ मुसा जस्ता जीवहरु धेरै हुनाले सर्पको संख्या पनि धेरै पाइने गरको छ।

विकासलाई उनको घरमै सर्पले ४ पटक डस्यो । तर त्यसबेला उनलाई केह भएन र औषधिले निको भयो । जब उनलाई पाँचौ पटक सर्पले डस्यो, त्यतिबेला उनी आफ्नो घरभन्दा १२।१४ किलोमिटर टाढा रहेको आफन्तको घरमा थिए।

सर्प विज्ञका अनुसार सर्पले कसैलाई डस्नकै लागि यतिलामो यात्रा गर्न सक्दैन। साथै सर्पमा यस्तो कुनै स्मरण शक्ति पनि हुँदैन कि कुन मानिसलाई उसले डस्नु छ ।

विकासको बायाँ हात तथा खुट्टामा सर्पले डसेको चिनो छन् । दुबैमा सर्पको दाँतका डाम छन् र चारैतर्फ निलो घेरा बनेको छ।

तर पछिल्लोपटक उनलाई विषालु सर्पले डसेछ। यदि विष नभएको सर्पले डसेको भए धेरै दाँतको अर्ध अण्डाकार डाम बन्दथ्यो । विषालु सर्प २ किलोमिटर भन्दा लामो यात्रा नगर्ने विज्ञको भनाई छ।

त्यसैले आफूलाई एउटै सर्पले ७ पटक सम्म खोजी खोजी डसेको भन्ने विकासको दाबी गलत र अन्धविश्वासपूर्ण रहेको भोपालका सर्प संरक्षणकर्मी मोहम्मद सलीम बताउँछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?