+
+

फल र बीउ खाने यो जीव अचानक किन भयो मांसाहारी ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते ९:१३

स्थल जीवको रुपमा रहेको लोखर्केलाई हामी प्रायः रुख, तार, पर्खाल तथा भुईंहरुमा दौडिरहेको देख्छौं। यसले प्रायः फलफूलका बीउ, फलफूल, नट्स तथा पातहरुको खाएको देखिन्छ । तर, अब चाहिं लोखर्के पनि मांशाहारी बन्दै गएको छ । लोखर्के हत्यारा अर्थात् किलर बनिरहेको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित केही पार्कहरुहरुमा लोखर्केले अन्य जीव मानेर मासु खाएको घटना सार्वजनिक भएको छ, खासगरी कोन्ट्रा कोस्टा काउन्टीका स्थानीय पार्कहरुमा।

निकै निर्दोष देखिने यस्ता लोखर्केहरु अचानक सिकारी मांशाहारी बन्नेछन् भन्ने कसैले सोंचेका पनि थिएनन् । ती पार्कहरुमा आजकल लोखर्केहरु मुखमा मुसा आकारको Vole भन्ने सानो जिव चेंपेर दौडिरहेको देखिन्छ । सुरुमा लोखर्केले भोललाई नृशंस तरिकाले सिकार गर्दछ र त्यसपछि उसका हड्डीबाट मासु थुतेर खान्छ। यो वास्तवमा निकै हैरान पार्ने खालको परिवर्तन हो ।

वैज्ञानिकहरुले यस्तो घटनालाई क्यामेरामा कैद गरेका छन् । खासगरी ब्रियोन्स क्षेत्रीमा पार्कमा । त्यहाँ पछिल्लो समय भोलको संख्या बढेको हुनाले लोखर्केले उक्त जीवको सिकार गर्ने गरेको छ । लोखर्केको उक्त व्यवहारिक परिवर्तनको अध्ययन गर्ने वैज्ञानिकले गरेको उक्त शोध जर्नल अफ इथोलोजीमा प्रकाशित भएको छ ।

लोखर्केमाथि निगरानी

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा युनिभर्सिटी अफ विस्कन्सि इयू क्लेयरका शोधकर्ताहरुले १२ वर्षदेखि निरन्तर रुपमा ब्रियोन्स क्षेत्रीय पार्कमा ती लोखर्केहरुको अध्ययन गरेका थिए । तर, यो वर्षको गृष्मयाममा पहिलोपटक उनीहरुले उक्त अनौठो तथा अपत्यारिलो दृष्य देखे। शोधकर्ता सह प्राध्यापक जेनिफर स्मिथले एउटा लोखर्के टिम तयार गरी उनीहरुका क्रियाकलापमाथि निगरानी राख्न सुरु गरे र मांशाहारी लोखर्केका हर्कतहरुको भिडियो तथा तस्वीर बनाउन सुरु गरे ।

त्यसक्रममा त्यहाँ रहेको क्यालिफोर्नियन ग्राउण्ड लोखर्के शाकाहारी रहेको र त्यसले कहिल्यैपनि किरा, अण्डा वा सानातिना चरा तथा मुसामाथि आक्रमण नगर्ने गरेको देखिन्थ्यो । तर उसले अचानक भोलमाथि हमला गर्न सुरु गर्यो । शोधकर्ताहरुले उक्त दृष्य देखे। लोखर्केले भोललाई लखेट्दै उसको गर्धन वा टाउकोमा टोक्दछ र पक्रिन्छ ।

बर्बरतासँग सिकार, पुनः सुरुवात

Killer Squirrels

एउटा लोखर्के एउटै भोलको पछि दौडिन्छ। कहिलेकाहीँ सफलता प्राप्त हुँदैन तर पक्रिन सकेको बेला निकै बर्बरतापूर्वक सिकार गर्दछ । सुरुमा लोखर्केले भोलको टाउको खाइदिन्छ र त्यसपछि सरीरको अन्य भागका हड्डीबाट मासु थुत्दै खान्छ । केही लोखर्केले अन्यले मारिसकेको भोलको मासु चोरेर पनि खाने गरेको पाइएको छ ।

वैज्ञानिकहरुका अनुसार लोखर्केमा देखिएको यो परिवर्तन असामान्य हो र भोलको संख्या बढ्नाले त्यो नियन्त्रणमा राख्नका लागि प्राकृतिक रुपमै उक्त स्वभावको सिर्जना भएको हो । यो वर्ष पार्कमा भोलको संख्या अत्यधिक बढेको कारणले लोखर्केसँग खानेकुराका लागि प्रतिस्पर्धा भएको हुँदा आफ्नो खानेकुरा जोगाउनका लागि लोखर्केले भोलको सिकार गर्न थालेको शोधकर्ता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?