+

वीर अस्पतालको ‘सर्भर डाउन’, निःशुल्क बाँड्न थालियो ओपीडी टिकट

२०८१ पुष  ७ गते ८:३३ २०८१ पुष ७ गते ८:३३

‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ सूचना अधिकारी सीताराम खड्काले, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’

वीर अस्पतालको ‘सर्भर डाउन’, निःशुल्क बाँड्न थालियो ओपीडी टिकट

७ पुस, काठमाडौं । वीर अस्पतालमा प्राविधिक समस्या आउँदा ओपीडी टिकट वितरण प्रभावित भएको छ । टिकट लिनका लागि बिहानैदेखि लाइनमा बसे पनि टिकट नपाएको बिरामीहरुले गुनासो गरेका छन् ।

अनलाइनखबरको सम्पर्कमा आएका एक बिरामीले घण्टौंदेखि लाइन बसिरहँदा पनि टिकट नपाएको बताए ।

वीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काले आज बिहानैदेखि सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या आएको स्वीकार गरे । तर बिरामीहरुलाई यत्तिकै नफर्काएको उनले बताए ।

‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उनले भने, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’ डाक्टरहरुले बिरामी जाँच्न समेत सुरु गरिसकेको उनले बताए ।

नेपालकै जेठो वीर अस्पतालमा सर्भर डाउन हुने र सेवा प्रभावित हुने समस्या समान्यजस्तै भइसकेको छ । यसबाट बिरामीहरु मर्कामा पर्दा पनि दीर्घकालीन रुपमा समस्या समाधान हुन सकेको छैन ।

ओपीडी वीर अस्पताल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’