+
+

वैज्ञानिकहरुले तयार गरे सक्कली अक्सिजन उत्पादन गर्ने नक्कली वनस्पति

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते १९:१०

विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणलाई विश्वभर नै जनस्वास्थ्यको लागि सबैभन्दा ठूलो पर्यावरणीय खतराको रुपमा लिएको छ ।

विद्युतीय उपकरणको प्रयोग तथा अन्य विभिन्न कारणबाट बाहिरी वातावरणको तुलनामा अझ भवन भित्रको हावा झनै प्रदुषित बन्ने गरेको छ ।

शहरमा मानिसहरुको अधिकांश समय घर, कार्यालय वा कार्यस्थलको चार भित्ताभित्रै बित्ने गरेको छ । अनि जति समय बाहिर बिताउन पाउँछौँ, त्यसबेला पनि स्वच्छ हावामा स्वास फेर्न नपाइने स्थिति छ ।

बन्द वातावरणमा स्वच्छ हावाका लागि विभिन्न खालका एयर प्युरीफायरको प्रयोग हुने गर्दछ । तर अमेरिकाको बिंगहेमटन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो झण्झट नै गर्नु नपर्ने प्रविधिको विकास गरेका छन् । वैज्ञानिकहरुले हावालाई स्वच्छ बनाउनका लागि एउटा विशेष खालको कृत्रिम वनस्पति तयार गरेका छन्, जसले कार्वन डाइअक्साइडलाई अवशोषित गरेर अक्सिजन उत्सर्जन गर्नेछ ।

लेजर कटिङ प्रविधिको प्रयोग गरेर मिथाइल म्याथेक्रिलेटबाट तयार गरिएको १.६ मिलिमिटर मोटाई भएको उक्त बोटमा पाँचवटा पात राखिएको छ । हरेक पातहरु साइनोब्याक्टेरिया संक्रमित एनोड, एउटा आयन एक्सचेन्ज झिल्ली र एउटा क्याथोडबाट बनेको पाँच बायो सोलार सेलसँग जोडिएको छ ।

ती सेलहरुलाई सक्रिय राख्नका लागि वाष्पोत्सर्जनको क्रियाका लागि वनस्पतिमा हाइग्रोस्कोपिक लगाइएको छ । यसबाट सजीव वनस्पतिमा जस्तै ती पातहरुमा पनि पानी र पोषक तत्वको सञ्चार हुन्छ । साइनो ब्याक्टेरियाले पानीसँगै घरभित्रको प्रकाश र कार्बन डाइअक्साइडको उपयोग गरेर प्रकाश संश्लेषण गरी अक्सिजन उत्पादन गर्दछ ।

प्रकाश संश्लेषणका क्रममा इलेक्ट्रोनसँगै उत्पादित प्रोटोनलाई आयन एक्सचेन्ज झिल्लीको माध्यमबाट क्याथोडमा लगिन्छ । त्यसले क्याथोडिक प्रतिक्रिया पूरा गर्नका लागि वायुमण्डलीय अक्सिजनसँग प्रतिक्रिया गर्दछ । यो महत्वपूर्ण प्रक्रिया सो प्रणालीको इलेक्ट्रोन्युट्रालिटीलाई कायम राख्नका लागि आवश्यक हुन्छ ।

यो कृत्रिम बिरुवाले हावासँगै बिजुली पनि उत्पादन गर्दछ, जसबाट फोन चार्ज गर्न सकिन्छ । यसले करीब १४० माइक्रोवाट बिजुली उत्पादन गर्नेछ । वैज्ञानिकहरुले यसबाट न्यूनतम एक मिलिवाट भन्दा अधिक बिजुली उत्पादनका लागि प्राविधिक स्तरोन्नतिमा काम गरिरहेका छन् ।

प्रत्येक पातभित्रका पाँच बायो सोलारबाट कूल ४६ माइक्रोवाटसम्म बिजुली उत्पादन गर्न सकिन्छ । यसबाट अधिकतम ४२० माइक्रोवाट बिजुली उत्पादन सम्भव भएको बताइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?