१४ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन् ।
नेपाल टेलिभिजन कर्मचारी संघले दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना गरेकव शुभकामना आदान प्रदान कार्यक्रममा उनले फेक न्यूज रोक्न सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए ।
‘आफ्नो पेशाबाट तपाईंहरुले नेपाली समाजलाई फेक न्यूजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्यूजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’, उनले भने ।
त्यस्तै, अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको सिंहले बताए ।
‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैंकहरु पहिले कति थियो अहिले कति छ ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?’, उनले भनिन्, ‘कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4