+
+

भारतमा बमको झुटो खबर दिएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १४:२९
भारतको एक विमानस्थल । पक्राउ परेका व्यक्तिले भारतका आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा पनि बम भएको इमेल गरेका थिए ।

१३ कात्तिक, काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

न्यूज १८ इण्डियाले उल्लेख गरेअनुसार, नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो ।

नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ ।

पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए ।

पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए ।

हिन्दी भाषामा लेखिएको उनको पुस्तक अंग्रेजीमा पनि अनुवाद भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो । उनी यसअघि पनि २०२१ मा पक्राउ परेका थिए ।

उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।

प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ ।

नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि केही घन्टा विमानस्थल अस्तव्यस्त बनेको थियो । त्यसअघि भिस्टारा एयरवेजको विमानमा पनि बम रहेको हल्ला फैलिएको थियो ।

७ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, दुवैपटक शंकास्पद वस्तु फेला परेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?