 
																			आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को जति प्रसंसा भैरहेको छ, त्यति नै त्यसका कमजोरीहरु पनि बाहिर आइरहेका छन् ।
गुगलको एआई त सार्वजनिक भएदेखि नै विवादमा छ । पछिल्लोपटक गुगलको AI Overview विवादमा परेको छ ।
दुईहप्ता अघि मात्रै लञ्च भएको यो एआई टूलले गलत जानकारी दिएपछि यसको आलोचना भएको छ ।
गुगलको यो एआई टूल AI Overview ले कुनै पनि विषय अर्थात् शीर्षकमा संक्षेपमा जानकारी प्रदान गर्दछ ।
यसै क्रममा यो टूलले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा मुस्लिम धर्मावलम्बी भएको जनाएको छ । उसले बाराक ओबामाको नाम बाराक हुसेन ओबामा बताएको छ।
गुगल एआईको यस्तो जवाफले कम्पनीका सीईओ सुन्दर पिचाई समेत हैरान बने । उनले भने- यसको के अर्थ छ र ? यो बकबास हो ।
त्यस्तै एकजना प्रयोगकर्ताले एआई ओभरभ्यूसँग पिज्जामा चिज नटाँसिएको भनेर बताउँदा पनि उसले अनौठो खालको तथा असान्दर्भिक जवाफ दियो । उसले सबैखाले सवालहरुको जवाफ यस्तै दिएको छ।
इतिसम्म कि बर्कले विश्वविद्यालयका वैज्ञानिकहरुलाई उद्धृत गर्दै उसले हरेक मानिसले दैनिक कम्तिमा एउटा सानो ढुंगा खानुपर्ने बताएको छ।
स्मरण रहोस् गुगलले हालै आफ्नो वार्षिक डेभलपर्स सम्मेलन Google I/O का क्रममा आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स टूल AI Overview लञ्च गरेको थियो ।
यो टूलले गुगल सर्चलाई उत्कृष्ट बनाउने दाबी गरिएको भए पनि परिणाम भने उल्टो आइरहेको छ । यसअघि गुगलको जेमिनी इमेज जेनेरेसन टूलले पनि गलत तस्वीर बनाएर ठूलै तरंग उत्पन्न गरिदिएको थियो । त्यसपछि गुगलले उक्त टूल बन्द गरेको थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4