+
+

पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल ! यस्तो छ हिसाबकिताब

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:२६

क्यानडाका एकजना विद्यार्थीका अनुसार उनी पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल आउजाउ गर्दछन् ।

पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल आउजाउ गर्ने भन्ने कुरा सुन्दा अचम्म लाग्नु र पत्यार नै नलाग्नु स्वभाविकै हो । दैनिक रुपमा जहाजको भाडा खर्च हुँदा पनि कसरी पो पैसा बचत होला र ? तर ती विद्यार्थीको हरहिसाब भने अलग्गै छ ।

उनी ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा पढ्छन् । उनले विश्वविद्यालयमा हप्तामा दुईवटा कक्षा लिनुपर्छ । जसका लागि उनी आफ्नो घरबाट कलेजमा आउँदा जहाजमा यात्रा गर्दछन्।

उनको नाम टिम चेन हो । उनी क्यालगरीमा बस्छन् भने उनको कलेज भ्यानकुभरमा छ । भ्यानकुभरमा कोठाको भाडादर निकै महँगो छ । त्यसैले महिनाको ८ दिनको कक्षाका लागि कोठा भाडामा लिएर भ्यानकुभरमा बस्नुभन्दा घरबाटै हवाईजहाजमा आउजाउ गर्नु उनलाई सस्तो पर्दछ ।

उनका अनुसार जहाजमा घर र कलेजबीच आउजाउ गर्दा एक पटकमा डेढसय डलर खर्च हुन्छ । यसो गर्दा उनको मासिक जहाज भाडाबापत १२ सय डलर खर्च हुन्छ । जबकि भ्यानकुभरमा बेडरुमवाला अपार्टमेन्टको भाडा नै मासिक २१ सय डलर पर्छ ।

टिमले सोसल मिडिया प्लाटर्फम रेडिटमा आफ्नो अनुभव शेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘जस्तो कि तपाईंले शीर्षकबाटै बुझ्नुभयो होला । म युबिसीको सुपर कम्प्युटर हुँ । म क्यालगरीमा बस्छु । मलाई पढ्नका लागि हप्ताको दुई दिन अर्थात् मंगलबार र बिहीबार कलेज जानुपर्छ । म बिहान जहाज चढेर भ्यानकुभर आउँछु र राति क्यालगरी फर्किन्छु। म यी सबै उडान एयर क्यानडामै गर्छु । र, जनवरीमा मात्रै मैले ७ दुईतर्फी यात्रा गरिसकेको छु । मलाई थाहा छ कि यसबाट मेरो भाडा पनि बचत हुन्छ । किनकि मलाई क्यालगरीमा बुवाआमासँग आफ्नै घरमा बस्ने भएकाले बस्नका लागि घरभाडा तिर्नु पर्दैन । यद्यपि कहिलेकाही थोरबहुत पैसा खर्च त हुन्छ तर त्यो एउटा बेडरुम अपार्टमेन्टको २ हजार डलर भाडाभन्दा कम नै हो ।’

उनको सोसल मिडिया पोस्टमा मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । धेरैले टिमको आइडिया मन पराएका छन् । तर कतिपय मानिसहरुको भनाइ छ कि उनको यस्तो काम निकै थकाइलाग्दो काम हो र समयको पनि बर्बादी हो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?