+
+
विचित्र :

बेलायतमा बन्यो रक्सीको ह्यांगओभर हटाउने चक्की

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १९:५५

काठमाडौं । पछिल्ला दिनहरुमा बेलायतमा एउटा चक्की निकै चर्चामा छ । मानिसहरुले यो चक्कीलाई निकै मन पराएका छन् । यो गोली मदिरा सेवन गर्नुअघि खाइन्छ । यद्यपि यो चक्कीको प्रसंसा जति भैरहेको छ, केही मानिसहरुका लागि यो त्यत्तिकै घातक पनि सावित हुनसक्छ ।

स्विडिस ब्राण्ड Myrkl ले उत्पादन गरेको यो चक्कीको बेलायमा बिक्री सुरु भएको छ । यसअघि बेलायतमा यो औषधिको स्वतन्त्र रुपले परीक्षण गरिसकिएको थियो ।

यो चक्की इतिहासकै पहिलो यस्तो औषधि हो जसले हामीले पिएको रक्सीमध्ये ७० प्रतिशतलाई ६० मिनेट भित्रमा सरीरभित्रै नष्ट गरिदिन्छ र अल्कोहललाई कलेजोसम्म पुग्न दिँदैन ।

डेलीस्टारको रिपोर्ट अनुसार शाकाहारी तथा शतप्रतिशत प्राकृतिक उत्पादनको रुपमा रहेको यो चक्कीले पेटमा ब्यासिलस कोगुलान्स तथा ब्यासिलस सबटिलिस ब्याक्टेरिया का साथै एल सिस्टाइन एमिनो एसिड र भिटामिन बी १२ लाई सक्रिय बनाउँछ । यसले तपाइँले पिएको अल्कोहलमध्ये ७० प्रतिशतलाई कलेजोमा पुग्नुअघि पेटमै पानी र कार्बनडाइअक्साइडमा टुक्राइदिन्छ।

एदाहरणका लागि कोही मानिसले ५० एमएल ४० प्रतिशत स्पिरिट पियो भने त्यसमा २० प्रतिशत शुद्ध अल्कोहल हुन्छ । यदि उक्त मदिरा सेवन गर्नुअघि सो चक्की खाने हो भने त्यसमा रहेको अल्कोहल मध्ये केवल ६ एमएल मात्रै पेटबाट रक्तनलीमा जान पाउँछ। जसका कारण रक्सी पिएपनि खासै त्यसको नशा लाग्दैन र ह्यांगओभर पनि हुन पाउँदैन।

हाल बेलायतमा यो चक्की अनलाइनमा उपलब्ध छ र ३० वटा चक्कीको मूल्य ३० पाउण्ड रहेको छ । त्यसमा दुई खालका चक्कीहरु छन्, जसमध्ये एउटा रक्सी पिउनुभन्दा १२ घण्टा अगाडि खाने खालको छ भने अर्को १ घण्टाअघि ।

यो चक्की उत्पादकका अनुसार यसले सरीरमा उर्जा तथा प्रतिरक्षाको स्तरलाई पनि बढाउँछ । जुन चिजबाट यो औषधि बनेको छ त्यसलाई युरोपेली खाद्य सुरक्षा एजेन्सी तथा अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट स्वीकृति प्राप्त छ र सुरक्षित पनि मानिएको छ।

त्थापि गर्भवती तथा स्तनपान गराइरहेका महिला र १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुका लागि यो चक्कीको सेवन हानिकारक मानिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?