+
+

जब एयरपोर्ट ठानेर जमेको नदीमाथि उत्रियो विमान (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते ७:४६

प्रायः प्राविधिक समस्या तथा पाइलटको गल्तीका कारण ठूला-ठूला विमान दुर्घटनाका घटना हुन्छन् । पाइलटले भुलवश कुनै आवासीय क्षेत्रमा वा सडकमा समेत जहाज अवतरण गराएका घटनासमेत दुनियाँमा सुनिन्छ कहिलेकाही। हालै रुसमा एउटा यस्तै घटना भएको छ, जुन सुन्दैमा डरलाग्दो छ ।

समाचार अनुसार पोलार एयरलाइन्सको एउटा जहाज बिहीबार पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीहरुको भाग्य बलियो रहेछ, किनकि जहाज ओर्लिएको उक्त नदी चिसोका कारण पूर्णरुपमा जमेको थियो ।

सो विमानमा ३० जना यात्रु र ४ जना चालकदलका सदस्य थिए । सो घटनामा विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक लागेको छैन ।

रुसी एयरलाइन्सको विज्ञप्ति अनुसार उक्त जहाज याकुत्स्क-जायर्यंका-स्रेडनेकोलिम्स्क रुटमा उडान भरिरहकेो थियो । एन्टोनोभ २४ फ्लाइट याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलको रनवेमा अवतरण गर्नुको साटो नदीमै अवतरण भयो ।

पोलार एयरलान्सका अनुसार बउक्त घटनाको बारेमा रुसको संघीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक जानकारी अनुसार चालक दलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो ।

उक्त क्षेत्रमा यत्रतत्र बाक्लो हिउँ रहेको र नदी समेत अत्यधिक चिसोका कारण जमेर माथि हिउँ भरिएको कारणले गर्दा जहाज चालकले रनवेको भेउ पाउन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?