+
+
Shares

पशुपतिमा तीजको रौनक (तस्वीरहरू)   

पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ २९ गते ९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरितालिकाको तीजका दिन बिहानैदेखि पशुपतिनाथसहित देशभरिका शिवालयमा व्रतालुको ठूलो भिड लागेको छ।
  • पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि चारै ढोका खोल्दै चार दर्शन मार्ग र आधा घण्टामा दर्शन गरेर फर्कने व्यवस्था गरेको छ।
  • पशुपति क्षेत्रमा ४ हजार सुरक्षाकर्मी र २४ संस्थाका ८५५ स्वयंसेवक खटाइएको छ, र गोकर्णेश्वर, नागेश्वर, मक्खन महादेव, डोलेश्वर तथा त्रिपुरेश्वरमा पनि भिड लागेको छ।

२९ भदौ, काठमाडौं । आज हरितालिकाका तीज । तीजको अवसरमा पशुपतिनाथ लगायतका देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि ठूलो भिड लागेको छ ।

व्रतालुहरूको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । लाइनमा बसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायु होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।

आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ ।

पशुपति लगायत काठमाडौंका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको लाम लागेको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?