+
+
Shares

पशुपतिमा तीज सेल्फी (तस्वीरहरू)   

पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीज गीतमा नाचगान गर्दै र सेल्फी खिच्दै रमाइरहेका छन्।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ २९ गते १०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथसहित देशभरिका शिवालयहरूमा व्रतालुहरूको ठूलो भिड लागेको छ ।
  • पशुपतिनाथका चार वटै ढोका आज बिहान ३ बजेदेखि खोलिएका छन् ।
  • दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् र सेल्फी खिच्नेको भिड पनि उस्तै देखिएको छ ।

२९ भदौ, काठमाडौं । हरितालिकाका तीजको अवसरमा पशुपतिनाथ लगायतका देशभरिका शिवालयहरूमा व्रतालुहरूको आज बिहानैदेखि ठूलो भिड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएकाछन् । पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् ।

व्रतालुहरू तीज गीतमा नाचगान गर्नुका साथै तीजलाई स्मरणीय बनाउन सेल्फी हान्नेहरूको भिड पनि उस्तै देखिएका छन् ।

पशुपतिनाथ मन्दिर लगायत तीज उत्सवमा रम्दै गरेका दृश्यहरूलाई कैद गर्न सेल्फी खिच्नेहरू पनि तँछाडमछाड गरिरहेका छन् ।

आफ्ना साथीसंगीदेखि लिएर आफन्तहरूलाई मोबाइलको सेटमा कैद गर्ने व्रतालुहरूको संख्या पशुपतिनाथ मन्दिर परिसरमा यत्रतत्र देख्न सकिन्छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?