+
+
Shares

गर्लफ्रेण्डको कपडा लगाएर जेलबाट भागे पुरुष कैदी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १३:०५

भेनेजुयलाका एकजना कुख्यात अपराधी हालै जेलबाट भाग्न सफल भएका छन् । यसका लागि उनले निकै रोचक काइदा अपनाएका छन् ।

भेनेजुयलाको काराबोबो राज्यस्थित टोकुयिटोमा रहेको एल लिबेरटाडोर जेलबाट २५ वर्षीय कैदी म्यानुएल लोरेन्जो एभिला अल्भाराडो भागेका हुन् । व्यक्तिहत्या तथा लुटपाटको अभियोगमा जेलमा रहेका अल्भाराडो गत मार्च १३ मा महिलाको भेष गरेर जेलबाट भागे ।

त्यो घटना मानिस भेटघाट गर्न आउने समयको अन्त्यतिर अर्थात् दिउसोको २ बजे भएको थियो ।

कालो वर्णको भएतापनि अल्भाराडोले लामो नक्कली कपाल तथा महिलाको पहिरन लगाएर जेलका सुरक्षाकर्मीहरुलाई छक्याएर भाग्न सफल भएका थिए । उनलाई भगाउनका लागि कपडा लगायतका चिजहरु उनकी गर्लफ्रेण्डले ल्याएको हुनसक्ने आशंका गरिएको छ।

जेलको सिसिटिभी क्यामरामा महिला पहिरनमा रहेका ती व्यक्ति जेलमा आगन्तुकले भेट्ने निर्धारित समय सकिन लागेको बेला अन्य महिलाहरुको बीचमा मिसिएर बाहिरिंदै गरेको देखिन्छ ।

कुख्यात कैदीले पहिरन बदलेर भाग्दा समेत चाल नपाउने सुरक्षा गार्डहरु छानबिनको दायरामा तानिएका छन् र ती मध्ये चारजनामाथि अनुसन्धान भैरहेको बताइएको छ ।

हालैमात्र एक सुधार केन्द्रबाट उक्त जेलमा सारिउका अल्भाराडोलाई भगाउनका लागि उनकी गर्लफ्रेण्डले सघाएको हुनसक्ने आशंका गरिएको छ । ती युवती पनि प्रहरीको वान्टेड सूचिमा रहेकी व्यक्ति हुन् ।

जेलबाट भागेका ती व्यक्ति र उनकी गर्लफ्रेण्डलाई प्रहरीले खोजी गरिरहेको भएपनि हालसम्म फेला परेका छैनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?