+
+

३ वर्षीय बालकमा दर्दनाक रोग, खानेकुरादेखि लाग्छ डर

एजेन्सी एजेन्सी
२०८० फागुन २४ गते ६:४३

संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई विभिन्न चिजहरुसँग डर लाग्ने समस्या हुन्छ । कतिपयलाई पानीसँग डर लाग्छ त कतिपयलाई अँध्यारोसँग । के कोही मानिसलाई खानेकुरासँग समेत डर लाग्छ ?

मान्छेलाई खानेकुरासँग डर लाग्ने भन्ने कुरा असम्भव जस्तो लाग्छ, किनकि खानेकुराबिना मानिस बाँच्नै सक्दैन । तर एकजना तीन वर्षीय बालकमा खानेकुरा सँग डर लाग्ने अनौठो तथा दर्दनाक समस्या छ ।

एक वर्षभन्दा धेरै भयो उनले आफ्नो मुखबाट खानेकुरा नखाएको । उनलाई ट्युबबाट खानेकुरा दिइन्छ।

ओलिभर टेलर नामक ती बेलायती बालकलाई २ वर्षको उमेरदेखि कुपोषण तथा जलवियोजनको समस्या देखिन थालेको थियो ।

न्युयोर्क पोष्टको रिपोर्ट अनुसार ओलिभरलाई एभोइडेन्ट रेस्ट्रिक्टिभ फूड इनटेक डिसअर्डर (एआरएफआइडी) नामक स्वास्थ्य समस्या छ । यो रोग भएका मािनसलाई खानेकुरादेखि डर लाग्दछ । यसले मानिसमा खानाको स्वादप्रति नकारात्मक प्रतिक्रिया सिर्जना गर्दछ ।

ओलिभरकी आमा भन्छिन्- हो, यो एउटा खानपिनको डिसअर्डर हो, तर २ वर्षभन्दा कम उमेरका बच्चाहरु पनि यसबाट पीडित हुन्छन् । अटिजमसमेत भएका ओलिभरका लागि यो निकै संवेदनशील हो । यसले निकै त्रास पैदा गर्दछ । ऊ खानेकुराबाट निकै डराउँछ ।

ओलिभरकी आमा एमा र बुवा म्याटी टेलरले आफ्नो छोराजस्तै समस्या भएका अन्य अभिभावकहरुलाई समेत सो समस्याको बारेमा जागरुकता फैलाउनका लागि आफ्नो छोराको समस्याको खुलासा गरेका हुन् ।

उनीहरुका अनुसार ओलिभरलाई खाना तथा तरल पदार्थ मन पर्दैन । उनी सन् २०२३ को अधिकतम समय मेसिनमा निर्भर रहे । उनलाई रातभरमा १० घण्टा तथा दिनमा ४ घण्टा मेसिनकै माध्यमबाट खाना दिइन्छ । उनी अहिले पनि ट्युबबाटै खाना लिन्छन् । गत अप्रिलमा उनको पेटमा शल्यक्रिया गरेर एउटा स्थायी ट्युब जोडिएको छ ।

ओलिभरकी आमा एमाका अनुसार ट्युबबाट खानेकुरा खुवाउनाले पछिल्लो एक वर्षमा उनको सरीरको तौल एक तिहाइले बढेको छ । उनी भन्छिन्, ‘तपाईंले यो समस्याले उसमा तथा हाम्रो परिवारमा पर्ने प्रभावको कल्पना पनि गर्न सक्नुहुन्न । ऊ अहिलेपनि खाने कुरालाई लिएर निकै सकसमा पर्दछ । उसकै कारण हामीले पारिवारिक डिनर तथा जन्मदिनका पार्टी जस्ता कुनैपनि भोज आयोजना गर्न सक्दैनौं ।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?