+
+
Shares

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम पूर्वानुमान महाशाखाले आइतबार हिमाली र पहाडी भू-भागमा साधारणतया बादल र केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ।
  • महाशाखाका अनुसार तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

४ असोज, काठमाडौं । आज देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

महाशाखाका अनुसार आइतबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?