Comments Add Comment

आर्यनलाई साथ दिदै नम्रता, यसरी हुँदैछ ‘नोभेम्बर रेन’को तयारी

‘मेरो एउटा साथी छ’ को हिट जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुन एकपटक पर्दामा आउने तयारीमा लागेका छन् । आर्यन सिग्देलकै निर्माणमा तयार हुन लागेको चलचित्र ‘नोभेम्बर रेन’ मार्फत यो जोडी फेरी एक पटक नेपाली दर्शकलाई मनोरञ्जन दिन तयार भएको हो ।aaryan-sigdel-and-namrata-sभदौ २० गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको हाल धमाधम वर्कशप चलिरहेको छ । वर्कशपको समयमा अनलाइनखबरको क्यामेरा पुग्दा आर्यन र नम्रता आ आफ्नो भूमिकामा चुर्लुम्ब डुबेका थिए । आफैले निर्माण गर्न लागेको सिनेमा भएर पनि हुनसक्छ आर्यन यो सिनेमामा अझ धेरै गम्भिर भएर लागेका छन् । नम्रताले पनि आर्यनको होम प्रोडक्शनमा बन्न लागेको चलचित्रलाई प्राथमिकताका साथमा समय दिइरहेकी छिन् ।

आर्यनको आफ्नै कम्पनी आर्यन सिग्देल ईन्टरटेन्मेन्ट प्राली र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्रलाई दिनेश रावतले निर्देशन गर्न लागेका हुन् । चलचित्रको छायांकन धरान र काठमाण्डौमा हुने बताइएको छ ।

विशुद्ध प्रेमकथामा आधारित यो चलचित्रलाई दर्शकको साथमा समिक्षकले पनि मन पराउने विश्वास निर्माता सुवास गिरीको छ । गिरीले यसअघि ‘हो यही माया हो’ निर्माण गरेका थिए । नम्रताको चलचित्र प्रतिको लगाव र मिहिनेतबाट आफू अत्यन्त प्रभावित भएको निर्माता गिरीले अनलाइनखबरलाई प्रतिक्रिया दिए । चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व, राजेश सिंहको छायांकन रहनेछ । चलचित्रमा कलाकार केशव भट्टराइलाई पनि देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment