+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

एमाओवादी नेतृले सोधिन्- विना र प्रकाश दाहालको सम्बन्ध के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २३ गते १९:०४

२३ असोज काठमाडौ । एकीकृत नेकपा माओवादीकी एक महिला नेतृले कञ्चनपुर-१ की एमाओवादी उम्मेवार विना मगर र प्रचण्डपुत्र प्रकाश दाहालवीचको सम्बन्ध सार्वजनिक गर्न माग गरेकी छन् ।

एमाओवादी केन्द्रीय सदस्य एवं पूर्वअन्तरिम विधायक अञ्जना बिशंखेले बुधबार अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो- अर्काको श्रीमान्सँग देखादेखी सम्बन्ध राख्ने महिलाले कसरी आन्दोलनको नेतृत्व गर्छे ? के विना मगरको केस अर्कै हो र ? उनी आकाशबाट खसेकी परी त हैनन् होला ।’

Anjana-bishankhe-1

‘स्वतन्त्रता के हो, निजी मामिला के हो र यौनप्रेम के हो भन्ने त उनले बुझ्नुपर्ने हो, विनामगरको बुझाइमै गल्ती छ’- बिशंखेले भन्नुभयो-‘विना मगरको विषय पार्टीको विषय बन्यो । त्यसैले यसबारे हामीले बोल्नैपर्ने भयो, विनाको इस्यु नितान्त व्यक्तिगत हो भन्ने स्थिति अब रहेन ।’

विना मगरमाथि एमाओवादी केन्द्रीय सदस्य बिशंखेको यक्ष प्रश्न छ,- ‘पार्टीकै नेता भनिसकेपछि विनाले आफ्नो श्रीमान शंकरसँगको सम्बन्ध के गरेकी छन् ? उनले कमजोरी गरें भनेर जोसँग सम्बन्ध स्थापित गरिन् र ६ महिना कारवाही पनि भोगें भनिन्, उनले के गल्ती गरेकी थिइन् र गल्ती गरें भनेर कारवाही भोगिन् ? अहिले के निकास निस्किएर उनी फुकुवा भइन् ?’

प्रचण्डलाई असफल बनाउन विनालाई अघि सारिएको दाबी

यद्यपि प्रकाश दाहालसँगको अस्वाभाविक सम्बन्ध राखेका कारण विवादमा तानिएकी विनालाई कञ्चनपुरबाट उम्मेद्वार बनाउने कार्यमा प्रचण्डलाई दोष दिन नमिल्ने बिशंखेको तर्क छ । ‘मलाई निश्चित मान्छेहरुको ग्राइण्ड डिजाइनमा प्रचण्डलाई ‘फेलियर’ बनाउन खोजिएको हो कि जस्तो मलाई लाग्छ । यो केसमा प्रचण्डजीलाई अनावश्यकरुपमा मुछ्नु हुँदैन,’ बिशंखे भन्नुहुन्छ- ‘मत विनाको सिफारिस तलबाट कसले ल्यायो, त्यसले जवाफ दिनुपर्छ भन्छु ।’

हेर्नुहोस् एमाओवादी नेतृ बिशंखेसँगको कुराकानी

प्रचण्डलाई ‘फेलियर’ बनाउन विनालाई सारिएको हो

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?