Comments Add Comment

उम्मेदवारको सुरक्षामा सरकार गम्भीर भएन : ओली

२३ असोज, विराटनगर । नेकपा एमालेका नेता केपी शर्मा ओलीले संविधानसभा निर्वाचनका उम्मेदवारमाथि आक्रमण हुँदासमेत सरकार सुरक्षामा गम्भीर नबनेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग संक्षिप्त कुराकानीमा नेता ओलीले चुनाव बिथोल्न खोज्ने विभिन्न शक्ति अराजक गतिविधिमा लागेको बताउँदै सुरक्षाको कडा प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले जनताको संविधान निर्माण गर्न अबको निर्वाचनमा एमाले पहिलो पार्टी बन्न आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment