Comments Add Comment

लगानी सम्मेलन : १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता

१६ चैत, काठमाडौं । लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ ।

दुई दिनसम्म चलेको सम्मेलनका क्रममा १६ परियोजनाका लागि १७ वटा आवेदन परेको हो । ‘आवेदन दिने मिति अप्रिल २० सम्म छ तर, अहिले नै हामीले तोकेको राजश्व तितेर १७ आवेदन परेको छ’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले अनलाइनखबरसँग भने ।

बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् ।

जसमा भक्तपुरमा सम्मेलन केन्द्र, लुम्बनीमा मेट्रोनिटी सेन्टर, वीरगञ्जमा लजिस्टिक सेन्टर बनाउने आयोजना छन् । यस्तै पश्चिम सेती र तमोर जलविद्युतमा आवेदन परेको छ । अरु आयोजनाको नाम भने लगानी बोर्डले खुलाएको छैन ।

सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना ‘सो-केस’मा राखिएको थियो । यसमा आवेदन दिने समय २० अप्रिलसम्म छ । ‘एउटा मात्र वा एकभन्दा बढी प्रस्ताव आयो भने मूल्यांकन गरेर निर्णयमा पुग्छौं’ अधिकारीले भने ।

१५ सम्झौता तथा समझदारी

लगानी सम्मेलनको समापनका क्रममा १५ सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।

चौधरी ग्रुपले चार वटा समझदारी गरेको छ । जसमा टेलिकम, सोलार र लजिस्टिकमा विदेशी कम्पनी भित्र्याउने छन् भने प्रदेश २ सँग सोलार प्लान्ट राख्ने सम्झौता भएको छ ।

यस्तै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धतापत्रमा पनि हस्ताक्षर भएको छ । भारतको स्टेट बैंक अफ एण्डिया र नेपालको एभरेष्ट तथा नविल बैंकले सतलज कम्पनीले ऋण दिने गरी सम्झौता गरेका हुन् ।

यस्तै गैरआवासीय नेपाल संघ (एनआरएनए) ले नेपालको पूर्वाधार विकासमा लगानी गर्न ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ बनाउने सम्झौता भएको छ । यो वर्ष नै गैरआवासीय नेपालीहरुबाट १० अर्ब लगानी जुटाउने एनआरएनएको दाबी छ ।

यसैगरी सिमरा सेज पीपीपी मोडलमा बनाउन लगानी बोर्ड र विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय वित्त निगमसँग समझदारी भएको छ भने बनेपामा हिमालय बुटिक, ग्रिन वेयर हाउस लगायतको समझदारी पनि भएको छ ।

यो सुरुवात मात्र होः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलन लगानीकर्ताहरुमाझ नेपाललाई आकर्षक लगानी गन्तब्यका रुपमा प्रस्तुत गर्न सफल भएको बताए । उनले भने, नेपाल लगानीका लागि उचित गन्तव्य हो भनेर चिनाउन हामीले अधिकतम प्रयास गर्‍यौं । लगानीकर्ताहरु पनि सन्तुष्ट हुनु भएको छ ।’

सम्मेलनको समापनका क्रममा भएका सम्झौताहरु सुरुवात मात्र भएको अर्थमन्त्री खतिवडाले बताए ।

यसअघि सम्मेलनको समापन गर्दै उनले विकासका लागि नेपालका राजनीतिक दलहरुबीच एकता रहेको, लगानीको प्रक्रिया झन्झटरहित र सहज रुपमा अगाडि बढाउन एकद्वार प्रणाली तयार भएको बताएका थिए ।

लगानी बोर्डका सीईओ अधिकारीले पनि लगानीकर्ताहरु लगानीका लागि तयार देखिएको बताए । ‘हामीले जे नीतिगत सुधार गरेको थियौं र र गर्ने भनेका छौं त्यो स्पष्ट रुपमा राखेका छौं । हाम्रो देशमा रहेको अवसरबारे बताएका छौं । र, उहाँहरु नेपालमा लगानी गर्न कन्भिन्स हुनु भएको छ, जसको उदाहरण आज भएका सम्झौताहरु हुन्’ उनले भने ।

यो पनि पढ्नुहोस चौधरी ग्रुपले टेलिकम, सोलार र लजिस्टिकमा ३ विदेशी कम्पनी भित्र्याउने यो पनि पढ्नुहोस लगानीकर्तालाई सिंहदरवार बोलाएर उर्जामन्त्रीले भने : ढुक्क भएर लगानी गर्नुस् यो पनि पढ्नुहोस कालीगण्डकीमा बन्ने १६४ मेगावाटको आयोजनामा चिनियाँ लगानी यो पनि पढ्नुहोस पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गैरआवासीय नेपालीको प्रतिवद्धता यो पनि पढ्नुहोस डाबर र नेस्ट्लेका प्रतिनिधिले भने- लगानीका लागि नेपाल उपयुक्त थलो यो पनि पढ्नुहोस  भारतीय मुथुट ग्रुपले ल्यायो ४० करोड लगानी यो पनि पढ्नुहोस केरुङ–काठमाडौं रेलमार्गको डीपीआर ६ महिनाभित्रै : मन्त्री महासेठ यो पनि पढ्नुहोस विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा यो पनि पढ्नुहोस विदेशी लगानीकर्तालाई परिसंघ अध्यक्षको प्रस्ताव : साझेदारीमा लगानी गरौं यो पनि पढ्नुहोस भारतीय व्यापारीले भने– नेपालको कानून लगानी अनुकूल यो पनि पढ्नुहोस नेपालको सरकार र कर्मचारी एकदमै सहज : उपेन्द्र महताे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment