
१६ चैत, काठमाडौं । एसजेभीएनएल कम्पनीका अध्यक्ष नन्द लाल शर्माले लगानीपछिको मुनाफाको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
उर्जा क्षेत्रमा लगानी गर्दै आएको भारतीय बहुराष्ट्रिय कम्पनी एसजेभीएनएलका अध्यक्ष शर्माले लगानीकर्ताले मुख्यतः मुनाफा र जोखिम हेर्ने बताए ।
लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले भने, ‘लगानीकर्ताले पहिले कति रिटर्न आउँछ भनेर हेर्छ, दोस्रोमा उसले रिक्स हेर्छ ।’
नेपालमा जलविद्युत क्षेत्रमा मुनाफा कमाउन सामान्यतः १५–२० वर्ष लाग्ने उनले बताए । तर, सहज र सम्भावना पनि जलविद्युतमा नै रहेको उनको भनाइ छ ।
नेपालका कानूनहरु पनि लगानीमैत्री हुँदै गएको उनले बताए । ‘सरकार समस्या समाधान गर्न सकारात्मक छ, प्रतिव्यक्ति आय बढ्दो छ, अबको केही वर्षमा राम्रो सुधार हुन्छ’, उनले भने ।
नेपालमा केही समस्या रहेको भएपनि सरकार त्यसको समाधानका लागि तत्पर देखिएकाले चिन्तित हुनु नपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4