+
+

विदेशी लगानीकर्तालाई परिसंघ अध्यक्षको प्रस्ताव : साझेदारीमा लगानी गरौं

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते १२:५२

१६ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा ‘जोइन्ट भेन्चर’मा लगानी गर्न निकै सहज रहेको बताएका छन् । विदेशी लगानीकर्ताले नेपालका लगानीकर्तासँग साझेदारी गरेर लगानी गरे सहज हुने उनको भनाइ छ ।

‘नेपालमा लगानीका लागि भर्जिन मार्केट हो, यहाँ लगानीका लागि धेरै नै सहज छ, विजनेशको वातावरण एकदमै राम्रो छ’, उनले भने ।

लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले नेपालको मौसम पनि उद्योग, कलकारखाना, पर्यटन, खेतीपातीका लागि अनुकूल रहेको बताए ।

‘म ५० देश घुमे त्यहाँ मध्ये मलाई यहाँको मौसम नै ठीक लाग्यो, यहाँ एयर कन्डिसन (एसी)को आवश्यकता पर्दैन’, उनले भने ।

नेपालमा अहिले झण्डै दुई तिहाइँ बहुमतसहित स्थिर सरकार रहेको भन्दै अध्यक्ष शर्माले सरकारको भिजन पनि प्रष्ट रहेको बताए ।

‘स्पष्ट भिजनसहितको कम्युनिस्ट सरकार यहाँ पहिलो पटक हो, हामी उत्साहित भएका छौ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?