+
+

पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गैरआवासीय नेपालीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते १८:५५

१६ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहनेछ । कोषको ८५ प्रतिशत पुँजी बिभिन्न हैसियतमा विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिनेछ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेका अनुसार नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि यो इन्भेष्टमेन्ट कोष गठन हुनेछ । कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ । तर नेपालमा बस्ने नेपालीले भने कम्पनीको शेयर किन्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?