+
+

विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते १३:३१

१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो नेपालमा लगानी गर्ने उपयुक्त समय भएको बताएकी छन् । ‘लगानीका लागि यो नै उपयुक्त समय हो, किनकी अहिले स्थिर सरकार छ यो नै हाम्रा लागि ठूलो कुरा हो’, उनले भनिन् ।

लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले दुई दशक लामो राजनीतिक अस्थिरतापछि नेपालले स्थिर सरकार पाएको भन्दै अब लगानी गर्न उपयुक्त वातावरण बनेको बताइन् ।

नेपाल विकासोन्मुख राष्ट्र भएकाले पनि नयाँ लगानीकर्तालाई अवसर रहेको उनको भनाइ छ । नेपाल विकासोन्मुख मुलुक हो त्यसैले पनि यहाँ सम्भावना र अवसरहरु धेरै छन्, तपाईं विकसित देशमा जानु भयो निकै मुश्किलले अवसर पाउनु हुनेछ’, उनले भनिन् ।

नेपालमा सरकारले ठूला पूर्वाधारमा लगानी बढाउन चाहेको भन्दै उनले रेल्वे, सडक, अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत, सूचना प्रविधि क्षेत्रमा लगानीको अवसर रहको बताइन् । श्रममा गर्ने युवा जनशक्ति धेरै भएकाले पनि विकासमा जुट्न गाह्रो नपर्ने उनको भनाइ छ ।

नेपाल मेडिकल हब बन्दै गएको भन्दै उनले कृषि क्षेत्रका लागि अनुकूल मौसम रहेकोे उनले बताइन् । ठूलो अर्थतन्त्र भएका चीन र भारत जस्ता दुई राष्ट्रबीच रहेकाले पनि नेपालमा लगानीको जोखिम नहुने तर्क थियो ।

‘भारतसँग हाम्रो विशेष व्यापार सम्झौता छ, जीरो ट्यारिफमै निर्यात गर्न सक्छौं, सहजै हामीले भारतीय बजार पाउन सक्छौं, चीनसँग पनि त्यस्तै सम्झौता छ’, उनले भनिन् ।

वैदेशिक लगानीसम्बन्धी ऐन, साझेदारीमा लगानी सम्बन्धी ऐन पनि संशोधन गरेर सहज बनिसकेको उनको भनाइ छ ।नेपाल भर्खरै संघीयतामा गएको भन्दै उनले प्रदेश र स्थानीयस्तरमा पनि थुप्रै अवसर र सम्भावना रहेको बताइन् ।

नीतिगत रुपमा धेरै सुधार भएकाले अब नेपालमा लगानी गर्न डराउनु नपर्ने बताएकी छन् । ‘म सबै सहभागीलाई पुनः आग्रह गर्न चाहन्छु यो नै नेपालमा लगानी गर्ने उचित समय हाे’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?