+
+

सिमरा सेज पीपीपी मोडेलमा बन्ने, आईएफसीसँग भयो एमओयू

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते १८:०९

१६ चैत, काठमाडौं । बाराको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज) मा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले लगानी गर्ने भएको छ ।

सिमरा सेजलाई सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लगानी बोर्ड, सिमरा सेज र आईएफसीबीच सम्झौता (एमओयू) भएको हो ।

काठमाडौं जारी लगानी सम्मेलनमा शनिबार लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) महाप्रसाद अधिकारी, सिमरा सेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. चण्डिका भट्ट र आईएफसीका लागि नेपाल, भुटान र बंग्लादेशकी देशीय प्रमुख वेण्डी वेनर एमओयूमा हस्ताक्षर गरे ।

बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको ४, १४ र १५ गरि तीन वडामा कुल ८ सय ३३ विघा क्षेत्रफलमा ५ वटा व्लकमा सेज निर्माण गर्ने योजना छ ।

सिमरा सेजको निर्माण कार्य एक दशक अघि आर्थिक वर्ष ०६४/६५ मा शुरु भएको थियो । तर, यसको निर्माण अपेक्षितरूपमा अघि बढ्न सकेकाे छैन  ।  उद्योग तथा कलकारखानालाई आवश्यक सुविधाहरू एकैथलोमा उपलब्ध गराएर निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्न सेज निर्माणको अवधारणा ल्याईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?