+
+
Shares

कजारियाको नयाँ शोरुम दाङको हापुरेमा खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कजारिया रमेश टायल्स लिमिटेडले दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
  • शोरुमले ग्राहकलाई उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको अनुभव प्रदान गर्नेछ।
  • शोरुमको औपचारिक उदघाटन गत आइतबार गरिएको र कम्पनीले सुपरब्रान्ड २०२५ लगायत विभिन्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।

२९ वैशाख, दाङ । कजारिया रमेश टायल्स लिमिटेडले देशभर सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

हापुरे मार्बल प्रलिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको अनुभव प्रदान गर्नेछ ।

यस शोरुमको औपचारिक उदघाटन गत आइतबार गरिएको छ । उदघाटनमा कजारिया रमेश टायल्सका प्रतिनिधि र हापुरे मार्बल टोलीका साथै स्थानीय समुदायको उपस्थिति थियो ।

‘नयाँ शोरुम ग्राहकलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा शोरुममा उपलब्ध छ ।’ ग्राहकले शोरुममा विभिन्न टेक्स्चर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पुर्‍याउनेछ ।

शोरुम उदघाटनका क्रममा कजारिया रमेश टायल्सका प्रतिनिधिले दाङका स्थानीयमाझ उत्पादन ल्याउन पाएकोमा उत्साहित रहेको बताए । यो ब्रान्डले विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरू पाएको छ । जसमा सुपरब्रान्ड २०२५, एसियाज मोस्ट प्रोमिसिङ ब्रान्ड तथा विश्वका ८ औं ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन् ।

त्यस्तै गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धताका लागि आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरण भएको छ । कजारियाले हालै एनएस क्वाललिटी अवार्ड २०२६ समेत प्राप्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?