News Summary
Generated by OK AI. Editorially reviewed.- कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको इमाडोलस्थित राता मकै चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
- उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल र कजारिया रमेश टायल्सका कन्ट्री म्यानेजर अभ्यास तिवारी उपस्थित थिए।
- कम्पनीले नयाँ शोरुममार्फत ललितपुर र आसपासका ग्राहकलाई विश्वस्तरीय टायल समाधान नजिक ल्याउने प्रतिबद्धता जनाएको छ।
६ वैशाख, ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको इमाडोलस्थित राता मकै चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । छाया हार्डवेयर एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सञ्चालन हुने उक्त शोरुमको शुक्रबार औपचारिक उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारिया रमेश टायल्सका कन्ट्री म्यानेजर अभ्यास तिवारीकोे उपस्थिति रहेको थियो । उद्घाटनका अवसरमा तिवारीले ललितपुर तथा आसपासका ग्राहकलाई विश्वस्तरीय टायल समाधान नजिक ल्याउने नयाँ अध्यायको सुरुवात भएको बताए । नेपाली बजारमा उत्कृष्टता प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको उनले बताए ।
‘हामी छाया हार्डवेयर एन्ड कन्स्ट्रक्सनसँगको सहकार्यमार्फत ललितपुरमा उपस्थिति विस्तार गर्न पाउँदा खुसी छौं’ उनले भने ‘उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित स्थानहरूको माग बढ्दै गइरहेको अवस्थामा यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधानहरू अनुभव गर्न सक्ने गन्तव्यका रूपमा परिकल्पना गरिएको छ ।’
कम्पनीका अनुसार नयाँ शोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सको विस्तृत संग्रह प्रस्तुत गरिएको छ । जसमा आधुनिक डिजाइन, आकर्षक फिनिस तथा उच्च प्रदर्शनयुक्त समाधानहरू समावेश छन्, जुन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताहरू अनुरूप तयार गरिएको छ ।
कजारिया रमेश टाइल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजार भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० से.मी., ६०×६० से.मी., १९.५×१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४०से.मी.) तथा सेरामिक वाल टायल (३०×६० से.मी., ३०×४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4