Comments Add Comment

९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुट्यो

१६ चैत, काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुटेको छ ।

शनिबार सम्पन्न भएको लगानी सम्मेलनका क्रममा तीन बैंकले लगानी प्रतिवद्धता जनाएका हुन् ।  स्टेड बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२.६१ करोड र नविल बैंकले ४८७.५८ करोड ऋण दिने छन् ।

आयोजनाको कूल लागत १ हजार २२८.८५ करोड बराबर छ ।

लगानी बोर्ड र आयोजनाको प्रवर्धक सतजल विद्युत् निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो । सम्झौताका आधारमा कम्पनीले सङ्खुवासभामा आयोजना निर्माण गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ ।

जलप्रवाहमा आधारित आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाइएको हो । सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ । बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ। आयोजनाबाट नेपालले कूल रु एक खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र ७७ अर्ब बढी राजश्व पाउने बोर्डको आँकलन छ ।

आयोजना सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस लगानी सम्मेलन : १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता यो पनि पढ्नुहोस चौधरी ग्रुपले टेलिकम, सोलार र लजिस्टिकमा ३ विदेशी कम्पनी भित्र्याउने यो पनि पढ्नुहोस सिमरा सेज पीपीपी मोडेलमा बन्ने, आईएफसीसँग भयो एमओयू यो पनि पढ्नुहोस लगानीकर्तालाई सिंहदरवार बोलाएर उर्जामन्त्रीले भने : ढुक्क भएर लगानी गर्नुस् यो पनि पढ्नुहोस कालीगण्डकीमा बन्ने १६४ मेगावाटको आयोजनामा चिनियाँ लगानी यो पनि पढ्नुहोस पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गैरआवासीय नेपालीको प्रतिवद्धता यो पनि पढ्नुहोस ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुट्यो यो पनि पढ्नुहोस नेपालमा एक खर्ब बढी लगानी गर्ने आईएफसीको घोषणा यो पनि पढ्नुहोस डाबर र नेस्ट्लेका प्रतिनिधिले भने- लगानीका लागि नेपाल उपयुक्त थलो यो पनि पढ्नुहोस  भारतीय मुथुट ग्रुपले ल्यायो ४० करोड लगानी यो पनि पढ्नुहोस केरुङ–काठमाडौं रेलमार्गको डीपीआर ६ महिनाभित्रै : मन्त्री महासेठ यो पनि पढ्नुहोस विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा यो पनि पढ्नुहोस विदेशी लगानीकर्तालाई परिसंघ अध्यक्षको प्रस्ताव : साझेदारीमा लगानी गरौं यो पनि पढ्नुहोस भारतीय व्यापारीले भने– नेपालको कानून लगानी अनुकूल यो पनि पढ्नुहोस नेपालको सरकार र कर्मचारी एकदमै सहज : उपेन्द्र महताे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment