News Summary
Generated by OK AI. Editorially reviewed.- धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को विमल गुरुङ कृति पुरस्कार पत्रकार बसन्त बस्नेतको उपन्यास सिमसारालाई प्रदान गरेको छ।
- पुरस्कार ३४ औँ राष्ट्रिय कविता महोत्सव र कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा धरानमा बुधबार हस्तान्तरण गरिएको हो।
- पुस्तकालय व्यवस्थापन समितिले बस्नेतलाई दुई लाख रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ।
१९ कात्तिक, काठमाडौं । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गरेको छ ।
३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा बुधबार धरानमा आयोजित एक कार्यक्रमका बीच ‘सिमसारा’का लेखक बस्नेतलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।
इतिहासकार तथा लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनलाइनखबरका प्रधान सम्पादक समेत रहेका लेखक बस्नेतलाई पुस्तकालय सञ्चालक समितिले दुई लाख रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
सिनेकर्मी नवीन सुब्बा विशेष अतिथी रहेको कार्यक्रममा पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले विमल गुरुङ कृति पुरस्कारका लागि आह्वान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएकोमा बस्नेतको सिमसारा उपन्यासलाई पुरस्कार दिने निर्णय भएको बताए ।
कार्यक्रममा लेखक भूषिता वशिष्ठले लेखक बस्नेतको बारेमा परिचयात्मक सम्बोधन गरेकी थिइन् । सो क्रममा उनले लेखक बस्नेतको योगदानबारे चर्चा गरिन् ।
त्यस्तै, माबुहाङ र सुब्बाले संकटको बेलामा बस्नेतले गरेको पत्रकारिता र लेखनबारे प्रंशसा गरेका थिए । लेखनमार्फत सत्यतथ्य उजागर गर्न सकेकोमा बधाइ दिँदै उनीहरूले बस्नेतको प्रशंसा गरेका थिए ।
उनका अनुसार प्राप्त भएका ती कृतिहरुमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए ।
‘सिमसारा’ पछिल्लो समयको सामाजिक यथार्थवादी उपन्यास भएकाले पुरस्कारका लागि चयन गरिएको समितिको भनाइ छ ।
प्रतिक्रिया 4