+

ट्राईनेसन्स महिला फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक

२०८२ कात्तिक  १९ गते २३:१७ २०८२ कात्तिक १९ गते २३:१७
ट्राईनेसन्स महिला फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल हुनेछ।
  • नेपाली महिला फुटबल टिमका प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गर्नुभएको छ।
  • टीममा बिर्सना चौधरी, नेहा कुमारी चौधरी, लिला जोशी र अनिता लम्जेल नयाँ खेलाडी थपिएका छन्।

१९ कात्तिक, काठमाडौं । इन्डोनेसियामा हुने ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक भएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

केही समयअघि भारतमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलेको टिममा चार नयाँ खेलाडी थप गर्दै प्रारम्भिक टोली सार्वजनिक गरिएको हो ।

थपिएको खेलाडीमा बिर्सना चौधरी, नेहा कुमारी चौधरी, लिला जोशी र अनिता लम्जेल छन् ।

नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति ट्राईनेसन्स महिला मैत्रीपूर्ण फुटबल आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म  इन्डोनेसियामा हुनेछ ।

महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय