+
+
Shares

प्रकृतिसँग जोडिएको मुलुक : नेपाल सबैभन्दा अगाडि, स्पेन सबैभन्दा पछाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ६१ देशका ५७ हजार व्यक्तिमा गरिएको अध्ययनमा नेपालपछि इरान, दक्षिण अफ्रिका, बंगलादेश र नाइजेरिया प्रकृतिसँग बढी जोडिएका छन्।
  • अध्ययनले आध्यात्मिकता प्रकृतिसँगको घनिष्ठ सम्बन्धको बलियो सूचक भएको र शहरीकरण, औषत आय, इन्टरनेट प्रयोग कम सम्बन्धित कारक भएको बताएको छ।

प्रकृतिको दुनियाँसँग मानिसको सम्बन्ध कस्तो छ ? यसबारे गरिएको पहिलो विश्वव्यापी अध्ययनका अनुसार प्रकृतिसँग  मानिसको सम्बन्धका आधारमा सबैभन्दा नजिक रहेको देश नेपाल हो । यो अध्ययनले प्रकृतिसँगको सम्बन्धबाट सबैभन्दा टाढा रहेको मुलुक स्पेन रहेको देखाएको छ ।

एम्बिओ जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ६१ देशका ५७ हजार व्यक्तिमा अध्ययन गरिएको थियो ।

प्रकृतिप्रति मान्छेको सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक दृष्टिकोण तथा सम्बन्ध कस्तो छ, भन्ने कुरामा अध्ययन केन्द्रित रहेको थियो । यो अध्ययनले प्रृकतिसँग सबैभन्दा बढी जोडिएको देश नेपाल रहेको निष्कर्ष निकालेको हो । नेपालपछि सबैभन्दा बढी प्रकृतिसँग जोडिएका देशमा इरान, दक्षिण अफ्रिका, बंगलादेश, नाइजेरिया रहेका छन् । छिमेकी देश भारत २२औँ स्थानमा छ ।

शीर्ष १० मा दुईवटा मात्रै युरोपेली मुलुक परेका छन् । जसमा क्रोएसिया सातौँ र बुल्गेरिया नवौँ स्थानमा परेका छन् ।

प्रकृतिसँग सबैभन्दा कम जोडिएको मुलुक स्पेन रहेको देखिएको छ । स्पेन ६१ औँ नम्बरमा छ । त्यसमाथि ६०औँ स्थानमा जापान, ५९औँमा इजरायल, ५८औँमा जर्मनी, ५७औँमा क्यानडा, ५६औँमा नेदरल्याण्ड र ५५औँमा बेलायत रहेका छन् ।

यो नयाँ सोध जर्नल अफ इन्भारोमेन्टल साइकोलोजीमा सन २०२४ मा प्रकाशित डाटामा आधारित रहेको रिपोर्टमा भनिएको छ । डर्बी विश्वविद्यालयका प्रकृति सम्बन्धी विषयका प्राध्यापक माइल्स रिचर्डसनको अगुवाइमा यो शोध भएको हो । जसमा बेलायत र अस्ट्रेलियाका सोधकर्ताहरूको सहभागिता थियो ।

प्रकृतिसँगको घनिष्ठ सम्बन्धका लागि सबैभन्दा बलियो सूचक समाजमा रहेको आध्यात्मिकताको स्तर रहेको अध्यताहरूको निष्कर्ष छ । विज्ञानभन्दा विश्वासलाई प्राथमिकता दिने धेरै धार्मिक समाज र संस्कृतिहरूले प्रकृतिसँगको सम्बन्धलाई उच्च देखाएको अध्ययनकर्ताले उल्लेख गरेका छन् ।

विश्व बैंकले निर्धारण गरेको मापदण्डअनुसार व्यापार गर्न सजिलो र व्यापार अनुकुल चरित्रलाई कम प्रकृतिसँग सम्बन्धित देशको मापदण्डमा राखिएको थियो ।

अध्ययनले प्रकृतिसँग कम जोडिएको कारकका रूपमा शहरीकरणको अवस्था, औषत आय र इन्टरनेटको प्रयोगलाई राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?