+

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात, विजय स्पोर्ट्स र लालिगुरासले खेले बराबरी

२०८२ कात्तिक  १९ गते २३:०४ २०८२ कात्तिक १९ गते २३:०४
एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात, विजय स्पोर्ट्स र लालिगुरासले खेले बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरमा सुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ एफसीले देउराली युथ क्लबलाई ४-१ ले हराउँदै विजयी सुरुवात गरेको छ ।
  • विजय स्पोर्ट्स क्लब र लालिगुराँस एसोसिएसन क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
  • एन्फा प्रेसिडेन्ट लिगमा १० टोली दुई समूहमा विभाजन गरेर खेलाइनेछ र सेमिफाइनल पुग्ने टिम राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।

१९ कात्तिक, काठमाडौं । मकवानपुरमा बुधबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ ।

समूह ए अन्तर्गत हेटौँडाको गौरिटार रंगशालमा भएको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४-१ ले हरायो ।

चित्लाङका लागि चन्दन कुमार दासले ३२औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । , लाहान सुब्बा पाताङ्ग्वा र विज्ञान खड्काले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । मदन स्याङ्गतानले ८८औं मिनेटमा गोल गरे ।

देउरालीका लागि रामचन्द्र वाजीले दोस्रो हाफको इन्जुरी टाइममा सान्तवना गोल फर्काए ।

यस्तै बुधबारै भएको समूह ए को दोस्रो खेलमा विजय स्पोर्ट्स क्लब र लालिगुराँस एसोसिएसन क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा प्रेसिडेन्ट लिगमा जिल्ला लिगबाट च्याम्पियन हुँदै प्रदेश लिगबाट छनोट भएका १० क्लबले सहभागिता जनाएका छन् । १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । सेमिफाइनल पुग्ने चार टिम पुष ९ गतेदेखि सुरु हुने राष्ट्रिय लिगका लागि छनोट हुनेछ ।

एन्फा प्रेसिडेन्ट लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय