Comments Add Comment

महमुद आलमको अन्त्येष्टि

२५ असोज, वीरगञ्ज । अज्ञात समूहको गोली प्रहारबाट निधन भएका संविधानसभा निर्वाचन बारा क्षेत्र नं. ६ का उम्मेदवार महमुद आलमको शुक्रबार परवानीपुरमा ईस्लामिक विधि अनुसार अन्त्येष्टि गरिएको छ ।

एमाले केन्द्रीय सदस्य एवं नेपाल मुश्लिम ईत्तेहाद संगठनका अध्यक्षसमेत रहेका आलममाथिर् शुक्रवार निर्वाचन प्रचारको क्रममा परवानीपुरनजिकै चैनपुर बजारमा भारतीय मोटरसाइकलमा आएका अज्ञात हतियारधारीहरुले कञ्चटमा गोली हानेका थिए । त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ अवस्थामा बिहीबार दिउँसो उनको निधन भएको थियो ।

आलमप्रति अन्तिम श्रद्धान्जली दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली परवानीपुर पुग्नु भएको थियो । उहाँको पार्थिव शरिरमा नेता नेपालले पार्टीको झण्डा ओढाउनु भएको थियो । नेता नेपालले आलमको शव बोकी परवानीपुर बजार परिक्रमा गर्नु भएको थियो । श्रद्धाञ्जलिपछि ईस्लामिक धार्मिक विधि अनुसार जुम्माको नमाज, र जनाजाको नमाज पढी कवरगाहमा संस्कार भएको थियो ।

श्रद्धाञ्जली सभामा नेता ओलीले आलम हत्यालाई गम्भिर रुपमा लिनुपर्ने र यो एमाले र मुश्लिम समुदायको मात्रै मामिला नभएर शान्ति र लोकतन्त्रको पक्षमा रहेका सबैको सरोकारको विषयको रुपमा रहेको बताउनुभयो । आलम र एमालेको विजयबाट अत्तालिएर आतंककारी आक्रमण भएको यस्ता गतिविधिको सशक्त प्रतिकार गरेर संविधानसभा निर्वाचन सफल बनाउन र एमालेललाई जिताउन आम नागरिक तयार रहेको नेता ओलीले दावी गर्नु भयो । आलमको व्यक्तित्व र चरित्रहत्या गर्ने प्रयास घटनालाई अन्त बङ्ग्याउने प्रयास भएको ओलीको जिकिर थियो ।

एमाले बाराले आलमलाई तत्काल शहिद घोषणा गर्न, घटनाको गम्भिर न्यायिक छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको एमाले बारा प्रचार प्रमुख कृष्ण पौडेलले बताउनु भयो । आलमका एक श्रीमती र तीन छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment