Comments Add Comment

काठमाडौंमा एकैरातमा १८ टन धुलो संकलन

१४ चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए ।

सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ ।

सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो । यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ ।
यो पनि पढ्नुहोस काठमाडौं आइपुग्यो चार नयाँ ब्रुमर, थन्किएला कि सडक बढार्ला ?

ब्रुमर चलाउँदा सडकको धुलो ब्रुमरको ट्यांकीमा जम्मा हुन्छ । ४.६८ घनमिटर भण्डारण क्षमता रहेको ब्रुमरको ट्यांकी भरिएपछि टिप्परमा खनाइन्छ । सो धुलोलाई महानगरपालिकाको फोहर संकलन केन्द्र टेकुमा बिसर्जन गरिएको छ ।

काठमाडौं महानगरपालिकाले हालै इटालियन कम्पनीद्वारा निर्मित पाँच वटा ब्रुमर काठमाडौं ल्याएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन र एउटा ६ टन क्षमताका छन् ।

१० किलोमिटर प्रतिघण्टा क्षमताका यी ब्रुमरले सडकको न्युनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छन् ।
यो पनि पढ्नुहोस आजदेखि पाँच ब्रुमरले काठमाडौंमा धुलो बढार्ने
यो पनि पढ्नुहोस काठमाडौंमा यी हुन् ब्रुमरले सफा गर्ने सडक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment