१५ साउन, सिरहा । सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा रातिको सवा ९ बजेसम्म गृहमन्त्री सुधन गुरुङ पुगेका छैनन् ।
औरही गाउँपालिका–२ तुलसियाहीस्थित मृतक गणेशको घरमा गृहमन्त्री आउने भन्दै दिउँसो २ बजे परिवारलाई जानकारी दिइएको थियो । त्यसयता मृतकका परिवार, आफन्त र छरछिमेकी पर्खेर बसिरहेका छन् ।

यस्तै, मृतकको घर नजिक दिउँसोदेखि नै सुरक्षाकर्मी तैनाथ गरेर राखिएको छ ।
गृहमन्त्री गुरुङ सिरहा आएको खबर समाजिक सञ्जालमा दिउँसो नै देखिएको थियो । तर, उनी ढिलो रातिसम्म पनि मृतकको घरमा पुगेका छैनन् ।


तस्वीर : सुरेश राय/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4