+
+
Shares

देउवालाई कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समितिमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १९:१७

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका एक महासमिति सदस्यले सभापति शेरबहादुर देउवाविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् ।

गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले देउवाका कारण संसदीय मर्यादामा चोट पुग्नुका साथै पार्टीको साखसमेत गिरेको भन्दै हदैसम्म कारबाही गर्न माग गरेका हुन् ।

कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्न दिनुले संसदीय मर्यादामा चोट पुगेको र पार्टीको साख गिरेको उनको दावी छ । देउवाका कदमले पार्टीदेखि जनताहरुसमेत निराश भएका कारण दोस्रो संविधानसभामा पहिलो पार्टी बनेको कांग्रेस अहिले पराजित भएको पनि बजगाईंले दावी गरेका छन् ।

सभापति देउवाले हरेक कुरामा सरकारलाई सहयोग नै गरिरहेको भन्दै बजगाईले सरकारका गतिविधिमाथि औंला उठाउन नसकेको आरोप लगाए । अहिले सरकारले ल्याएका प्रेसविरोधीलगायत अन्य धेरै विधेयकको पनि कांग्रेसले विरोध गर्न नसकेको बजगाईंको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?