Comments Add Comment

मोति सुनुवार एमालेमै फर्किए

२१ कात्तिक, सुनसरी । कार्यकर्ताको भावना र पार्टीको नीति विपरित संविधानसभाका उम्मेदवार सिफारिस गरेको भन्दै एमाले त्याग्नुभएका एमाले सुनसरीका सचिव मोतिराज सुनुवार विहिबारबाट एमालेमै फर्कनुभएको छ ।

moti-sunuwarपार्टीको नीति नियमविपरित कार्यकर्ताको भावनाको समेत केही नेताहरुको इशारामा उम्मेदवार सिफारिस गरिएका सहित अन्य विषयमा असन्तुष्टी जनाउँदै सचिव सुनुवारले कात्तिक ११ गते एमाले सुनसरी जिल्ला कमिटिको सचिव पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको थियो ।

सचिव सुनुवारको राजिनामा पछि मंसिर ४ को चुनावी परिणाममा पार्टीलाई क्षति पुग्ने भन्दै मजदुर नेता भीम राई ज्वाला नेतृत्वको मजदूरहरुको संगठनले एमालेमै फर्कन सचिव सुनुवारलाई निरन्तर दवाब दिएको थियो ।

सचिव राईले राजिनामा दिएपछि राई र लिम्बू समूदायको बाहुल्यता रहेको सुनसरी क्षेत्र नं. १ मा एमालेको अवस्था कम्जोर भएको निष्कर्श निकाल्दै केन्द्रीय कमिटिले पनि सुनुवारलाई पार्टीमा फर्काउने पहलका लागि केन्द्रीय सदस्य लालबाबु पण्डिलाई खटाएको थियो ।

सचिव राईका मागलाई संविधानसभाको चुनाव पछाडि सम्वोधन गर्ने लिखित प्रतिवद्धता पार्टी केन्द्रले गरेपछि आफू पार्टीमै फर्र्किएको सचिव सुनुवारले बताउनुभयो । ‘मैले पार्टीमा औपचारिक रुपमा राजिनामा बुझाएको थिइन । ठूलो स्वरमा असन्तुष्टीमात्र व्यक्त गरेको हुँ’, ‘मैले उठाएका मुद्धालाई पार्टीले गम्भीरतापूर्वक लिएकाले पार्टीमा फकेको हुँ । अब म सुनसरी १ मा एमाले जिताउ अभियानमा लाग्नेछु ।’

सचिव सुनुवारले उठाउनुभएका माग जायज भएको भन्दै एमाले कोशी अञ्चलका सचिव देवराज घिमिरेले विहिबारै लिखित निर्देशन दिएर पार्टीमा फर्कन भनेपछि सुनुवार विहिबारैदेखि एमालेको चुनावी प्रचारमा लाग्नुभएको हो । आफू एमालेमा नहुँदा पनि सुनसरी १ मा एमालेको जीत पक्का भएको बताउँदै सचिव सुनुवारले एमाले उम्मेदवारलाई जिताउन खटिने बताउनुभयो ।

‘पार्टी सिद्धान्त र कार्यक्रमलाई विमति जनाएर हिंडेको थिइन, त्यसैले म अन्य पार्टीमा जाने हल्ला गलत हो । पार्टी भित्र अन्यायमा परेका कार्यकर्तालाई न्याय दिलाउन म पार्टीभित्रै संघर्ष गर्छु ।’ सचिव राईले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment