Comments Add Comment

नीलकण्ठले प्रचण्डलाई भने-परिणाम चित्त नबुझे अदालत जानुस्

१२ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीसहितका १४ दलले निर्वाचन आयोगलाई ज्ञापा पत्र बुझाउँदै निर्वाचनमा धाँदली भएको भन्दै उच्चस्तरीय स्वतन्त्र छानविन आयोग गठन गर्न माग गरेका छन् । जवाफमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने परिणाम चित्त नबुझे संविधानसभा अदालत जाने सुझाव दिनु भएको छ ।

प्रचण्ड नेतृत्वमा आयोग पुगेका १४ दलका नेताहरुले निर्वाचनमा धाँदली भएको भन्दै छानविनको माग गरेका हुन् । उनीहरुले मतदान सम्पन्न भएपछि आयोगले जारी गरेको निर्देशनप्रति आपत्ति जनाएका छन् । ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँदली भएको आफूहरुलाई आशंका लागेको भन्दै छानविनको माग गर्नुभयो ।

प्रमुख आयुक्त उप्रेतीले भने निर्वाचन निपक्ष भएको बताउनु भएको छ । ज्ञापन पत्र बुझेपछि उप्रेतीले भन्नुभयो-‘प्रत्यक्षको परिणम आइसकेको छ । समानुपातिकको अन्तिम चरणमा पुगेको छ । अब आफूलाई चित्त नबुझे संविधानसभा अदालत गठन भइसकेको छ र काम थालिसकेको छ । सम्वन्धित अदालत जान सक्नुहुनेछ ।’

 

 

 

14 partys Letter.

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment