Comments Add Comment

आलियाले जब ड्राइभर र सहयोगीका लागि पैसाको खोलो बगाइदिइन्

अक्सर मान्छे आफु मातहातका सहयोगीप्रति त्यती उदार हुँदैनन् । उनीहरु ति सहयोगीसँग दुरी बनाएर बस्छन् । न्युनतम सेवा सुविधा दिन पनि कञ्जुस गर्छन् ।

आलिया भट्ट अपवाद हुन् । यी बलिउड अभिनेत्रीले आफ्ना चालक र सहयोगीप्रति देखाएको उदारता अहिले चर्चाको विषय बनेको छ, भारतिय मिडियाहरुमा ।

हुन त यतिबेला आलियाको भाग्य दाहिना पनि भएको छ । महेश भट्ट पुत्री आलियाको मोल बलिउडमा बढेको छ । एकपछि अर्को फिल्मको अफरले उनलाई बेफुर्सदिला बनाएको छ । करण जौहरकै बहुप्रतिक्षित फिल्म ‘कलंक’मा पनि आलियाको विशेष भूमिका छ ।

सन् १९९९ मा फिल्म ‘संघर्ष’बाट बाल कलाकारको रुपमा प्रवेश गरेकी आलियाले वैशालु उमेरमा भने ‘स्टुडेन्ड अफ द इयर’बाट करियरलाई निरन्तरता दिइन् । त्यसपछि पनि उनले ‘टु स्टेट्स’, ‘बदरीनाथ कि दुल्हनिया’ ‘कपुर एन्ड सन्स’ लगायत फिल्म गरिन् ।

यतिबेला चाहि उनी एसएस राजमौली तथा संजय लीला भन्साली जस्ता अब्बल निर्देशकको रोजाईमा परेकी छिन् । यता आलिया लभ अफेयरको कारण पनि चर्चामा छिन् । उनी रणवीर सिंहसँगको अफेयरमा छन् ।

आलियाले आफ्नो जीवनमा पिता महेश भट्ट, करण जौहरलाई विशेष मार्गदर्शक एवं सहयोग मान्छिन् । यद्यपी पिता एवं निर्देशक करण मात्र होइन, अरु कुनै व्यक्तिले पनि उनको जीवनमा खास महत्व राख्ने रहेछ । यसपाली उनले त्यही कुरा पुष्टि गरिन् ।

ति व्यक्ति उनका ब्वाईफ्रेन्ड होइनन्, न अरु बलिउडकर्मी नै । आलियाले विशेष महत्व दिने ति व्यक्ति हुन् चालक सुनील र उनका सहयोगी अमोल ।

यी दुबै आलियाका सवैभन्दा नजिकका साथी पनि हुन् । दुबैले त्यही विन्दुबाट आलियालाई साथ दिएका हुन्, जतिबेला आलिया करियर सुरु गर्दै थिइन् । हुन त आलियाले पनि यी दुबैलाई आफ्नो परिवारकै सदस्य मान्ने गरेकी छिन् । त्यही कारण त आलियाले सुनील र अमोललाई भारु ५०-५० लाख रुपैयाँ दिइन् ।

आलियाले आफ्नो जन्मदिनको अवसरमा सुनील र अमोललाई यत्तिका रकम दिएकी हुन् । आलिया चाहन्छिन् कि, दुबैले मुम्बईमा एक-एक घर खरिद गर्न सकोस् । अतः दुबैले जुहू र खार क्षेत्रमा घर बुक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment