+
+
Shares

अर्थमन्त्री वाग्ले भारत प्रस्थान

विपद्पश्चात्को पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि बिहीबार बिहान भारत प्रस्थान गरेका छन् ।
  • वाग्लेले भारतीय लगानी नेपालमा भित्र्याउने प्रयासस्वरूप सीआईआईको कार्यक्रममा सहभागिता जनाउँदै दिल्ली स्कुल अफ इकोनोमिक्समा सम्बोधन गर्नेछन् ।

१ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान गरेका छन् ।

तीन दिने भ्रमणका लागि उनी बिहीबार बिहान भारत प्रस्थान गरेका हुन् ।

भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसैगरी, भ्रमणको दोस्रो दिन शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी सहभागी हुनेछन्। सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता तय गरिएको छ भने साँझ साढे ७ बजे भारत व्यापार सम्वर्दधन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

त्यसपछि शनिबार बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागिता जनाएर उनी शनिबार साँझ ४ बजे नेपाल फिर्ता हुने कार्यक्रम छ ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी लगायत सहभागी छन् ।

विपद्पश्चात्को पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?