Comments Add Comment

रक्सौल बन्दको असर बीरगञ्जमा

२३ पुस, वीरगन्ज । वीरगन्जको सीमावर्ती रक्सौलमा भारतीय जनता पार्टीले मंगलबारदेखि अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । रक्सौललाई आधुनिक शहर बनाउनुपर्ने, हवाईअड्डाको काम सुचारु गर्नुपर्ने, नगरमा हुने ट्राफिकजामको व्यवस्थापन गर्नुपर्ने माग राख्दै भाजपाले रक्सौलमा अनिश्चितकालीन बन्द घोषणा गरेको हो ।

रक्सौलको पोष्ट अफिस चोकमा सांसद सञ्जय अग्रवालको नेतृतवमा भाजपाका कार्यकर्ता धर्नामा बसेका छन । भाजपाको बन्दका कारण रक्सौल बजार पूर्णरुपमा बन्द भएको छ भने सवारीसाधन पनि ठप्प छन् ।

रक्सौल बन्दको प्रभाव नेपाली सहर वीरगञ्जमा पनि परेको छ । वीरगञ्ज छिर्ने भारतीय सहरमा बन्द आह्वान गरिएपछि बिहानैदेखि कुनैपनि सवारीसाधान नेपाल–भारत प्रवेश गर्न सकेका छैनन् ।

रक्सौल नाका ठप्प हुँदा आयात निर्यात गर्ने सवारी साधनहरु वीरगन्ज नाकामै रोकिएकाले राजस्व असुली प्रभावित बनेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment