Comments Add Comment

डाक्टरसँग वार्ता गर्न सरकारले टोली बनायो

९ माघ, काठमाडौं । सरकारले आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसी र आन्दोलनरत डाक्टरहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेका छन् । त्रिभुवन विश्वाविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई बर्खास्त गरेपनि केसीले अनसन तोडेका छैनन् ।

संस्कृति मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई अर्को व्यवस्था नहुँदासम्म संस्कृति संस्थानको प्रमुखमा नियुक्त गरेको छ भने राष्ट्रिय समाचार समिति बोर्ड अध्यक्षमा सञ्चार मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले फुजेल काण्डका दोषीलाई कारवाहीको माग गर्दै आमरण अनशनमा रहेका नन्दप्रसादर गंगामाया अधिकारीलाई आनसन तोड्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment