Comments Add Comment

खुम्जुङमा लेक लागेर चिनियाँ नागरिकको मृत्यु

१६ माघ, सोलुखुम्बु । लेक लागेर खुम्जुङमा बिहीबार बिहान एक चिनियाँ नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट एक्लै खुम्जुङ आएका ३२ वषर्ीय ओयुआङ रुइटेनको बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक बदि्रविक्रम थापाले जानकारी दिए ।

उनका अनुसार खुम्जुङ-८ सोमारेस्थित एक होटलमा बहान ४ बजे उनको मृत्यु भएको हो । मृत्युबारे चिनियाँ दूतावासलाई जानकारी गराइसकिएको भएपनि उनी कुनै ट्राभल्स एजेन्सीमार्फत नभइ एक्लै आएका कारण प्रक्रियागत समस्या भएको प्रहरीको भनाइ छ ।

बुधबार दिउँसोदेखि नै लेक लागेर अस्वस्थ बनेका चिनियाँ नागरिकलाई स्थानीयवासीले घरेलु उपचार गरेको भएपनि बचाउन सम्भव नभएको प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment