+
+
Shares

भूकम्प प्रभावित जिल्लामा अन्तिम पटक सर्वेक्षण शुरू, सूचिकृत हुन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते ११:२३
Photo Credit : फाइल फोटो/ भूकम्पले भत्किएर पुनर्निर्माण हुँदै गरेको घर

१५ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै जिल्लामा शुक्रबारबाट गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरु गरेको छ ।

प्राधिकरणले शुक्रबारदेखि अन्तिम पटक ३२ जिल्लाका हरेक स्थानीय तहमा ईञ्जिनियर परिचालन गरेर स्थलगत लगत संकलन थालेको हो । यसपछि आएका गुनासो र छुट सुनुवाई हुने छैन ।

निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिए ।

घिमिरेका अनुसार छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गरिनेछ ।

प्राधिकरणका सहप्रवक्ता एवं यस सर्वेक्षणको समन्वय गरिरहेका प्राधिकरणका उपसचिव मनोहर घिमिरले यही चैत्र १५ बाट सर्वेक्षण सुरु हुने र यसमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन गरिने जानकारी दिए ।

‘कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने । प्राधिकरणले स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् तोकिएको समयमा आ-आˆनो लगत संकलन गराउन सबै गुनासोकर्ताहरुलाई आग्रह गरेको छ ।

प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षणका लागि भूकम्प प्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्टि्रक्ट सर्पोट इञ्जिनियरहरुलाई ‘प्रशिक्षक प्रशिक्षण’ दिएको छ ।

प्रशिक्षणबाट प्रशिक्षित इञ्जिनियरहरुले आ-आफ्नो जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनियरलाई चैत १० र ११ गते तालिम दिने तालिका थियो । तर, भत्ता, सेवा सुविधा लगायतमा असन्तुष्टि जनाउँदै ईञ्जिनियरहरु आन्दोलित भएपछि कतिपय जिल्लामा उक्त तालिम हुन नसकेको प्राधिकरणले जनाएको छ ।

लगत संकलनमा खटिने सर्वेक्षकहरुको तालिम हुन नसकेका जिल्लामा चैत १८ र १९ गते हुनेछ । त्यसपछि ति जिल्लामा पनि चैत २० गतदेखि स्थलगत लगत संकलन शुरु गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

लगत संकलनमा खटिने सर्वेक्षकले साप्ताहिक रुपमा कार्यप्रगति प्राधिकरणलाई पठाउनेछन् ।  यस्तै, भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका पदाधिकारीलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन गर्न सघाइदिन पनि प्राधिकरणको आग्रह छ ।

भूकम्प प्रभावितले सम्बन्धित जिल्लाका जिल्ला आयोजना कार्यान्वयन इकाईमा सम्पर्क गरेर पनि जानकारी लिन सक्नेछन् । अथवा सिधै प्राधिकरणको टोल पि|m नम्बर १६६००१७२००० र ९८०१५७२१११ बाट परामर्श लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?