Comments Add Comment

हरिहर र क्रिस्टिनकै लागि विशेष ‘शुभ लभ’

आजबाट चलचित्र ‘शुभ लभ’ देशभरका हलमा प्रदर्शनमा आएको छ । प्रदिपकुमार उदय प्रस्तुतकर्ता रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी छ । चलचित्र ‘शुभ लभ’बाट ३ जना कलाकारले डेब्यू गर्दैछन् । चलचित्रमा ज्योतिष हरिहर अधिकारी, मोडल क्रिस्टिन पौडेल र डाक्टर सूर्या थापाको मुख्य भूमिका छ । यी तिनै अनुहार चलचित्र क्षेत्रका लागि नयाँ हुन् ।

यसैले पनि यी तिनै जना कलाकारका लागि यो चलचित्रको व्यापार विशेष छ । चलचित्र ‘शुभ लभ’मा हरिहर ज्योषितकै भूमिकामा देखिएका छन् । प्रेमकथाको यो चलचित्रको व्यापारले तिन जना कलाकारको करिअरलाई विशेष फरक पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment