Comments Add Comment

अक्षयका फिल्मले किन २ सय करोड कमाउन सक्दैनन् ?

नायक अक्षय कुमार अहिले बलिउडमा चर्चित छन् । उनले अभिनय गरेको चलचित्र बक्स अफिसमा सफल पनि छन् । बक्स अफिसमा ब्याक टू ब्याक हिट चलचित्र दिइरहेका नायक अक्षय कुमारको पोल्टामा अहिलेसम्म २ सय करोडको चलचित्र भने परेको छैन ।

अक्षयले अभिनय गरेका पछिल्ला चलचित्रले सय करोडको आँकडा त पार गरेका छन्, तर उनी २ सय करोड क्लबबाट भने टाढा छन् । पछिल्लो रिलिज ‘केशरी’ले बक्स अफिसमा २ सय करोड कमाउने अपेक्षा अक्षय र निर्माता करण जोहरको थियो । तर, यो चलचित्र २ सय करोडबाट टाढा हुने देखिएको छ । सय करोड कमाउन खासै समय नलगाएको चलचित्रको व्यापार अहिले खस्किएको छ ।

बर्षमा ४ वटासम्म चलचित्र खेल्ने अक्षयलाई उनी पछि आएका नायकहरु रणवीर सिंह, रणवीर कपुरले उछिनिसकेका छन् । यी दुइ नायकको चलचित्रले बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरिसकेको छ । अक्षयले नै अभिनय गरेको आशातित चलचित्र ‘२.०’ले समेत हिन्दी भर्सनमा १९० करोड मात्र कमायो ।

बलिउडका पण्डितहरु अक्षयले एउटै प्रकारको चलचित्र धेरै खेलेको टिप्पणी गर्छन् । उनले अभिनय गरेका चलचित्रमा अहिले देशप्रेम र सामाजिक कथा बढी उठान गरिएको छ । यसैले अक्षयले अब आफ्नो रोजाइलाई केही मात्रामा परिवर्तन गर्नुपर्ने उनीहरुको तर्क छ । कतिपयले भने अक्षयलाई बलिउड नायक धमेन्द्रसँग दाँजेका छन् । अक्षय अमिताभ बच्चन बन्न नसकेपनि अहिलेको समयको धमेन्द्र भएको उनीहरुको तर्क छ । कतिपय पण्डितहरु भने अक्षयलाई २ सय करोडको लक नलागेको तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment