+
+
Shares

भारतमा ‘हाउसफूल ५’को अग्रिम टिकट बिक्रीमा उछाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘हाउसफुल ५’को प्रि-सेल्सले ३.६३ करोड भारु कमाएको छ, र यो फिल्मको अग्रिम बुकिङ अझै जारी छ।
  • फिल्मले पहिलो दिन २०-२५ करोड भारु व्यापार गर्ने अपेक्षा गरिएको छ, किनभने यसमा ठूलो स्टारकास्ट छ।
  • यो फिल्म भारत र नेपालमा प्रदर्शन तयारीमा रहेको छ, र यसको क्रेज हिन्दी दर्शकमाझ धेरै छ।

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको मेगा मल्टिस्टारर फिल्म ‘हाउसफुल ५’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । भारतमा यो फिल्म कमल हासनको ‘ठग लाइफ’सँग भिड्नेछ । नेपालमा पनि यो कमेडी फिल्म प्रदर्शन तयारीमा छ ।

विशेष गरी हिन्दी दर्शकमाझ यो फिल्मको क्रेज धेरै छ । तर के यी सबै फिल्मको बम्पर ओपनिङको संकेत हुन् ?

तरुण मनसुखानी निर्देशित ‘हाउसफुल ५’का लेखक तथा निर्माता साजिद नाडियावाला हुन् । २२५ करोड भारुको निर्माण लागत र प्रचारसहित लगभग ३७५ करोड भारुको बजेटले यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो कमेडी फिल्म बनाएको छ । गत आइतबार, जुन १ को साँझदेखि नै ’हाउसफुल ५’ को अग्रिम बुकिङ भइरहेको छ र बिहीबार बिहान ९ बजेसम्ममा १ लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ ।

स्याकनिल्कका अनुसार, ‘हाउसफुल ५’ले १४०३९ शोको प्रि-सेल्स बुकिङमा ११६७४६ टिकट बिक्रीबाट कुल ३.६३ करोड भारु कमाएको छ । रिलिज हुन अझै एक दिन बाँकी छ, त्यसैले अग्रिम बुकिङ विन्डो बिहीबार पनि खुला रहनेछ ।

सन् २०२५ मा रिलिज हुनुभन्दा अगाडि नै अग्रिम बुकिङबाट सबैभन्दा धेरै कमाई गर्ने फिल्म ’छावा’ हो, जसको प्रि-सेल्स १३.७९ करोड भारु थियो । यसपछि सलमान खानको ’सिकंदर’ १०.०९ करोड भारु कमाईका साथ तेस्रो स्थानमा छ । अजय देवगनको ’रेड २’ ६.५२ करोडको अग्रिम बुकिङका साथ तेस्रो स्थानमा छ । ’हाउसफुल ५’ अहिले यो सूचीमा चौथो स्थानमा छ ।

‘हाउसफुल ५’ले पहिलो दिन ’रेड २’ भन्दा बढी कमाई गर्ने अपेक्षा गरिएको छ । किनभने यो एक सुपरहिट फ्रान्चाइजीको हिस्सा हो । फिल्ममा ठूलो स्टारकास्ट छ ।

ट्रेलर र गीतहरूले पनि राम्रो प्रतिक्रिया पाएका छन् । यस्तो अवस्थामा, ’हाउसफुल ५’ ले पहिलो दिन २०-२५ करोड भारुकोे व्यापार गर्ने देखिन्छ । तर यो पनि धेरै हदसम्म अन-साइट बुकिङ र वर्ड-अफ-माउथमा निर्भर गर्दछ ।

‘हाउसफुल ५’ मा अक्षय कुमार बाहेक अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डिज, सोनम बाजवा, नरगिस फाखरी, सञ्जय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पाण्डे, जोनी ले, फरदीन खान लगायतका कलाकारको अभिनय छ । श्रेयस तलपदे, डिनो मोरिया, रञ्जित, सौन्दर्य शर्मा, निकितिन धीर र आकाशदीप साबिर जस्ता प्रसिद्ध अनुहार यसमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?