Comments Add Comment

‘साइँली’लाई मप्टिप्लेक्समा उच्च शो, कस्तो गर्ला व्यापार ?

आजबाट देशभरका हलमा चलचित्र ‘साइँली’ प्रदर्शनमा आएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रलाई मल्टिप्लेक्समा उच्च शो मिलेको छ । क्यूएफएक्सले चलचित्रलाई १९ शोज दिएको छ ।

क्यूएफएक्स मात्र होइन, अन्य हलले पनि यो चलचित्रलाई राम्रो शोज दिएको छ । चलचित्र ‘साइँली’को बिहिबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा प्रिमियर समेत गरिएको छ । प्रिमियरमा चलचित्रलाई राम्रो भनिएको छ । चलचित्र हेरेका पत्रकार, चलचित्रकर्मीले लामो समयपछि राम्रो चलचित्र हेरेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रको प्रिमियरमा नायिका स्वेत खड्का, हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे, कलाकार सुनिल थापा, नायिका ऋचा शर्मा लगायतका कलाकार पुगेका थिए । उनीहरुले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रको बिहानदेखिको व्यापार भने औषत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment