+
+
Shares

‘सार्क ट्यांक सिजन-२’ दसैंपछि हिमालय टेलिभिजनमा आउने, ६० करोड बराबर ‘डिल’

सिजन-२ मा करिब ६० करोड रुपैयाँ बराबरको डिल भएको छ, यसबाट सिजन-२ अझै ठूलो र उत्कृष्ट भएको हिमालय टेलिभिजनले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १८:४१

१२ असोज, काठमाडौं । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘सार्क ट्यांक’ को सिजन-२ आगामी दसैंलगत्तै प्रसारण हुने भएको छ ।

सार्क ट्यांक सिजन-२ को प्रसारणबारे औपचारिक जानकारी दिन सोमबार काठमाडौंको पाँचतारे होटल एभरेस्टमा आयोजित पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले सिजन-१ भन्दा २ अझ धेरै ठूलो र अझ धेरै उत्कृष्ट बनेको जानकारी दिए ।

‘सिजन-१ भन्दा २ मा व्यापारको आकार पनि ६० देखि ६५ प्रतिशतले बढेको छ,’ भुसालले भने, ‘यसपालि यो शोमा सम्बद्ध सबैमा धेरै नै परिपक्वता देखिएको छ, स्टोरी टेलिङ, व्यापारिक मूल्यांकन सबै हिसाबले सिजन-२ ठूलो र उत्कृष्ट बनेको छ ।’

भुसालका अनुसार सिजन-२ मा ६० देखि ६५ पिचरले स्थान पाएका छन् । शो हिमालय टेलिभिजनमा सातामा दुई इपिसोड राति ८ बजे प्रसारण गरिने छ । साढे दुई महिनामा सिजन-२ समाप्त हुनेछ । सिजन-२ प्रसारण सुरु हुनासाथ सिजन-३ को तयारी चल्ने छ ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले चार वर्षअघि सार्क ट्यांक शो नेपाल ल्याउने प्रण गर्दाको क्षण अहिले सम्झिँदा भावुक हुने गरेको अनुभव सुनाए ।

‘नेपालभित्र मात्र होइन, नेपाल बाहिर पनि यो शोका लाखौं दर्शक छन्,’ कँडेलले भने, ‘सिजन-२ मा करिब ६० करोड रुपैयाँ बराबरको डिल भएको छ, यसबाट सिजन-२ अझै ठूलो र उत्कृष्ट भएको प्रस्ट छ ।’

सिजन-२ मा आबद्ध विभिन्न कम्पनी र हिमालय टेलिभिजनबीच प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सार्क ट्यांक सिजन-१ का सार्कहरू नै यसपालि पनि दोहोरिएका छन् । निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारिया, अग्नि ग्रुपका सहसंस्थापक तथा अध्यक्ष क्याबिनेट श्रेष्ठ, पद्‌मज्याेति ग्रुपका लगानीकर्ता तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेजकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र आईएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सिजन-१ मा प्राप्त अनुभव र सिजन-२ का विविध पक्षबारे खुलेर चर्चा गरे ।

कार्यक्रममा सार्क बगारियाले सिजन-१ मा आफूहरू केही ‘नर्भस’ भएको र मूल्यांकन गर्ने बानी वा अभ्यास नभएकाले अप्ठ्यारो-अप्ठ्यारो महसुस भएको अनुभव सुनाए । ‘अहिले सिजन-२ गरिसक्दा लागेको छ, यो आर्थिक क्रान्तिको सुरुवात हो,’ उनले भने ।

सार्क आनन्द बगारिया

त्यस्तै सार्क श्रेष्ठले नेपालमा जुन खालको प्ल्याटफर्म सिजर्ना हुन गयो, त्यसबाट आफूहरू औधी उत्साहित भएको बताए । ‘सिजन-२ मा लगानी गर्न एक पैसा नभएको एक १७ वर्षको युवाको व्यापार मोडेल सुनेर म चकित भएँ,’ उनले भने, ‘नयाँ-नयाँ व्यापारिक मोडेललाई नयाँ प्ल्याटफर्मबाट नयाँ अवसर सिर्जना भएको छ ।’

सार्क क्याबिनेट श्रेष्ठ

अर्का सार्क ज्योतिले सिजन-१ मा जोखिम रहे पनि हिमालय टेलिभिजनले ठूलो आँट गरेर कार्यक्रम नेपाल ल्याएको बताए । ‘अब यसको नतिजा सिजन-२ मा देखिएको छ,’ ज्योतिले भने, ‘सार्क ट्यांक टेलिभिजन शोमात्र होइन, यसले अर्थतन्त्रमा पनि अमूल्य योगदान दिएको छ, मेरो आइडिया राम्रो छ र म पनि व्यवसाय गर्न सक्छु भन्ने प्ररेणा सार्क ट्यांकले दिलाएको छ ।’

सार्क साैरभ ज्योति

त्यसैगरी अर्का सार्क वैद्यले सार्क ट्यांक धेरै नै राम्रो प्ल्याटफर्म भएका कारण यसले अर्थतन्त्रलाई नजिकबाट जोडेको बताइन् । ‘व्यापार-व्यवसायका नयाँ-नयाँ मोडेल र अवधारणालाई मूल्यांकन गर्न पाउँदा नौलो अनुभव हासिल भयो,’ उनले भनिन्, ‘यो कायक्रमकै कारण धेरैले नयाँ व्यवसाय थालीन गर्न सकेका छन् ।’

सार्क ऋतुसिंह वैद्य

त्यसैगरी सार्क ढकालले सिजन-१ मा नर्भस हुँदाहुँदै निर्णय गर्ने ठाउँमा बसेर नौलो अनुभव प्राप्त गरेको सुनाए । ‘सिजन-१ ले व्यवसाय सुरु गर्न आशा, विश्वास र आइडिया ल्याउन सफल भएको र सिजन-२ अझै उत्कृष्ट बनेको छ,’ उनले भने, ‘सार्क ट्यांक स्टार्टअपका लागि प्रेरणा र हौसलाको अनुपम नमुना बनेको छ ।’

सार्क हेमराज ढकाल

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल

हिमालय टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसाल

तस्विरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?